कनकाई–१ : महिलालाई स्वरोजगार बनाउन तालिम दिँदै

चन्द्र बस्नेतकनकाई, २७ फागुन । झापाको कनकाई नगरपालिका वडा नं. १ ले महिलाहरुलाई धमाधम स्वरोजगार बन्ने तालिम दिँदै आएको पाइएको छ। कनकाई नगरपालिका वडा न १ ले विभिन्न समयमा वडाका ९ वटै टोलका सबै महिला समुहहरुलाई सहभागी गराई छुट्टाछुट्टै तालीम दिई स्वरोजगार सहित आत्मनिर्भर बनाउदै आएको पाईएको हो । केही समय अघि सहजीकरण महिला समुहको [...] The post कनकाई–१ : महिलालाई स्वरोजगार बनाउन तालिम दिँदै appeared first on Jhapa Online.

Mar 11, 2025 - 11:25
 0
कनकाई–१ : महिलालाई स्वरोजगार बनाउन तालिम दिँदै

चन्द्र बस्नेत
कनकाई, २७ फागुन ।
झापाको कनकाई नगरपालिका वडा नं. १ ले महिलाहरुलाई धमाधम स्वरोजगार बन्ने तालिम दिँदै आएको पाइएको छ। कनकाई नगरपालिका वडा न १ ले विभिन्न समयमा वडाका ९ वटै टोलका सबै महिला समुहहरुलाई सहभागी गराई छुट्टाछुट्टै तालीम दिई स्वरोजगार सहित आत्मनिर्भर बनाउदै आएको पाईएको हो ।

केही समय अघि सहजीकरण महिला समुहको आयोजनामा पोते जुरा माला लगायत सीप सिकाएको थियो भने वडाका एकल महिलाहरूको नेतृत्वमा फिनेल, लिकुइट र धुप बनाउने सीप सिकाएको थियो । त्यस्तै, केही समय अघि १ महिने जुनियर डिप्लोमा मन्टेश्वरी तालीम समेत सिकाएको थियोे भने गत २५, २६ र आज २७ गते शान्ति महिला समुहको आयोजनामा ३ दिने साबन ,झोल साबन बनाउने तालिम सम्पन्न गराएको छ ।

दुर्गापुरस्थित सामुदायिक भवनमा सीप सिकौं अर्थोपार्जन गरौं ूभन्ने मुल नाराका साथ वडाका शान्ति महिलाको आयोजना वडाको आर्थिक सहयोगमा ३ दिने साबन, झोल साबन बनाउने तालिम आज मंगलबार सम्पन्न गरेको छ । आयोजक संस्था शान्ति महिला समुहकी अध्यक्ष ईन्दिरा खनाल (अधिकारी) को सभापतित्वमा भएको तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष सुशीलकुमार पोखरेल रहनुभएको थियोे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले यस्ता तालिमहरु अति आवश्यक रहेको मनन गर्दै आगामी दिनमा बजेटको अझ धेरै ब्यस्थापन गर्दै पहिलो प्राथमिकतामा राख्ने विश्वास दिलाउनु भयो । प्रमुख अतिथि पोखरेलले वडा न १ मा प्राप्त बजेटलाई योजनाबद्ध रुपमा सबै क्षेत्रमा मिलाएर युवा, महिला , बालबालिका, जेष्ठ नागरिक लक्षित तालिमहरु निरन्तर भईरहेको जानकारी दिनुभयो ।

उहाँले वडामा प्रतेक वर्षको बजेटमा महिलाहरू लाई नै प्राथमिकतामा राखेर विनियोजन गरेर काम गरिहेको बताउनुभयो । तालीममा वडा भित्र रहेका ९ वटा टोलका ३५ जना महिलाहरुले अवसर पाएको वडा सदस्य निर्मला खड्काले जानकारी दिनुभयो । तालिम प्राप्त गर्ने अवसर उपलब्ध गराएकोमा वडालाई धन्यवाद दिदै प्रशिकक्षार्थी भण्डारी भन्नुहुन्छ ।

तीन दिने तालिमको अनुभवी प्रशिक्षक कमला खतिवडा रहनुभएको थियोे । बनाएको मुख धुने साबन तथा झोल साबन प्रयोग गर्न राम्रो र अर्ग्यानिक रहेकोे प्रशिक्षक खतिवडाले बताउनुभयो । आगामी दिनमा समेत अन्य तालिमको योजना रहेकोे वडा सदस्य निर्मला खड्काको भनाइ छ ।

यता आयोजक संस्था शान्ति महिला समुहकी अध्यक्ष तथा कार्यक्रमकी सभापति अधिकारीले सिकेको सिपलाई सहि सदुपयोग गर्दै स्वरोजगार बन्न सुझाव दिनुभएको थियोे ।

तीन दिवसीय तालीमको समापन कार्यक्रममा वडा सदस्य हरिकुमार राई, दलबहादुर थापा, वडा सचिव सदिक्षा निरौला, कर्मचारी निर्मला बानिया, वडाका टोल संयोजक, महिला समुहका अध्यक्ष तथा प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियोे । आयोजक संस्था शान्ति महिला समुहकी उपाध्यक्ष शुस्मा भट्टराईले औचित्यसहित स्वागत गरेको कार्यक्रमको सन्चालन आयोजक संस्थाकी सचीव पुजन बास्तोलाले गर्नुभएको थियो ।

The post कनकाई–१ : महिलालाई स्वरोजगार बनाउन तालिम दिँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register