निर्वासन मुद्दामा ट्रम्प प्रशासनलाई सङ्घीय न्यायाधीशको चेतावनी

काठमाडौं । अमेरिकी सङ्घीय अदालतका एक न्यायाधीशले आप्रवासी नागरिकहरूलाई दक्षिण सुडान पठाएकोमा ट्रम्प प्रशासनलाई अवहेलनाको चेतावनी दिएका छन् । न्यायाधीश ब्रायन मर्फीले देश निकाला गत महिना आफूले दिएको आदेशको उल्लङ्घन हुने बताएका छन् । बीबीसीकाअनुसार उनले अमेरिकी सरकारलाई आप्रवासीहरूलाई सुनुवाइको “उचित अवसर” नदिई तेस्रो देशमा देश निकाला गर्नबाट रोक लगाएका थिए । न्यायाधीश मर्फीलाई दिएको […]

May 21, 2025 - 06:35
 0
निर्वासन मुद्दामा ट्रम्प प्रशासनलाई सङ्घीय न्यायाधीशको चेतावनी

काठमाडौं । अमेरिकी सङ्घीय अदालतका एक न्यायाधीशले आप्रवासी नागरिकहरूलाई दक्षिण सुडान पठाएकोमा ट्रम्प प्रशासनलाई अवहेलनाको चेतावनी दिएका छन् ।

न्यायाधीश ब्रायन मर्फीले देश निकाला गत महिना आफूले दिएको आदेशको उल्लङ्घन हुने बताएका छन् ।

बीबीसीकाअनुसार उनले अमेरिकी सरकारलाई आप्रवासीहरूलाई सुनुवाइको “उचित अवसर” नदिई तेस्रो देशमा देश निकाला गर्नबाट रोक लगाएका थिए ।

न्यायाधीश मर्फीलाई दिएको निवेदनमा वकिलहरूले भनेका छन्, “म्यानमार र भियतनामका नागरिकसहित एक दर्जन मानिसहरू बोकेको विमान मंगलबार दक्षिण सुडानमा अवतरण गरेको थियो ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register