सेयर कारोबारमा धमाधम नयाँ टिएमएस प्रयोगमा आउँदै 

काठमाडौँ । कालिका सेक्युरिटिज (ब्रोकर नम्बर ४६) ले नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)बाट सेवा सुरु गरेको छ । कम्पनीले मंगलबारदेखि नयाँ टिएमसमार्फत सेवा दिन सुरु गरेको हो ।  नयाँ टिएमएसबाट सेवा सुरु गर्दै कलिका सेक्युरिटिजका सञ्चालक नरेन्द्र सिजापतिले यो प्रणालीले ग्राहक तथा लगानीकर्तालाई नयाँ अनुभवसँगै कारोबारलाई थप सहज र सुरक्षित बनाउने विश्वास व्यक्त गरेका छन् […]

Apr 2, 2025 - 05:38
 0
सेयर कारोबारमा धमाधम नयाँ टिएमएस प्रयोगमा आउँदै 

काठमाडौँ । कालिका सेक्युरिटिज (ब्रोकर नम्बर ४६) ले नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)बाट सेवा सुरु गरेको छ । कम्पनीले मंगलबारदेखि नयाँ टिएमसमार्फत सेवा दिन सुरु गरेको हो । 

नयाँ टिएमएसबाट सेवा सुरु गर्दै कलिका सेक्युरिटिजका सञ्चालक नरेन्द्र सिजापतिले यो प्रणालीले ग्राहक तथा लगानीकर्तालाई नयाँ अनुभवसँगै कारोबारलाई थप सहज र सुरक्षित बनाउने विश्वास व्यक्त गरेका छन् । कम्पनीले श्रीलंकन कम्पनी आइरन वान टेक्नोलोजीले निर्माण गरेको ए ट्रेड सिस्टमबाट सेवा सुरु गरेको हो ।

यसो त सेयर किनबेचका लागि नयाँ टिएमएस प्रणाली प्रयोगमा ल्याउने कालिका सेक्युरिटिज पहिलो होइन । यसअघि गत असोजमा सेक्योर्ड सेक्युरिटिजले पनि नयाँ टिएमएस सेवा सुरु गरेको थियो । सेक्योर्डले पनि कालिकाले नै आइरन वान टेक्नोलोजीले निर्माण गरेको सिस्टम प्रयोग गरेको थियो । 

गत बुधबारदेखि ब्रोकर नम्बर १० अर्थात प्रज्ञान सेक्युरिटिजले पनि नयाँ टिएमएसबाट सेवा दिन सुरु गरेको छ । सम्भवतः यो साताभरमा थप चारवटा ब्रोकर कम्पनीले नयाँ टिएमएसमार्फत सेवा दिने नेप्सेले जनाएको छ । त्यसका लागि नेपाल स्टक हाउस (ब्रोकर नम्बर १४), एनआईएमबी स्टक मार्केट (ब्रोकर नम्बर ७५), डायनामिक मनि म्यानेजर (ब्रोकर नम्बर ४४) र त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नम्बर ४८) तयारी गरिरहेका छन् ।

भकाभक ब्रोकर कम्पनीहरुले नयाँ टिएमएस प्रयोगमा ल्याउन थालेपछि लगानीकर्ताहरु पनि थप उत्साहित बनेका छन् । विगत लामो समयदेखि नेप्सेको त्यही थोत्रो सिस्टमबाट दिक्क भएका लगानीकर्ताले अब ब्रोकर कम्पनीहरुले नयाँ टिएमएस सेवा विस्तार गर्न थालेपछी सेयर कारोबार सहज र सुरक्षित हुनेमा विश्वास व्यक्त गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register