अमेरिकामा १० हजार सरकारी कर्मचारीको जागिर गुम्दै
काठमाडौं । अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर गुम्ने भएको छ । जागिर गुमाउनेमा स्वास्थ्यकर्मीहरू रहेको बताइएको छ । कर्मचारीहरूलाई मङ्गलबार कार्यालयको गेटमा रोक्दै यसको सुरुवात गरिएको थियो । जागिर गुमाउनेमा अधिकाङ्श शीर्ष अधिकारीहरू समावेश रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ केनेडी जुनियरले गत हप्ता १० हजार कर्मचारीलाई बर्खास्त गरिने घोषणा […]

काठमाडौं । अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर गुम्ने भएको छ । जागिर गुमाउनेमा स्वास्थ्यकर्मीहरू रहेको बताइएको छ ।
कर्मचारीहरूलाई मङ्गलबार कार्यालयको गेटमा रोक्दै यसको सुरुवात गरिएको थियो ।
जागिर गुमाउनेमा अधिकाङ्श शीर्ष अधिकारीहरू समावेश रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ केनेडी जुनियरले गत हप्ता १० हजार कर्मचारीलाई बर्खास्त गरिने घोषणा गरेका थिए ।
अमेरिकी राष्ट्रपतिको कार्यालयले गत हप्ता खाद्य तथा औषधि प्रशासन (एफडीए) का ३ हजार ५०० कर्मचारीलाई हटाउने योजना रहेको बताएको थियो।
साथै, अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)बाट २ हजार ४०० कर्मचारीहरूलाई बर्खास्त गरिने भएको छ । यसबाहेक, प्रशासनले राष्ट्रिय स्वास्थ्य संस्थानबाट पनि १ हजार २०० कर्मचारीलाई हटाउनुपर्ने बताएको छ ।
What's Your Reaction?






