स्वतन्त्रताका नाममा हुने हिंसा, लुटपाट निषेध छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्रताका नाममा हुने हिंसा, तोडफोड, आगजनी र लुटपाट सर्वदा निषेधित रहेको बताएका छन् । रेडियो नेपालको हीरक महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्वाध स्वतन्त्रता प्रदान गरेको छ । तर, स्वतन्त्रताको नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य सर्वदा निषेधित छ […]

Apr 2, 2025 - 08:17
 0
स्वतन्त्रताका नाममा हुने हिंसा, लुटपाट निषेध छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्रताका नाममा हुने हिंसा, तोडफोड, आगजनी र लुटपाट सर्वदा निषेधित रहेको बताएका छन् ।

रेडियो नेपालको हीरक महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्वाध स्वतन्त्रता प्रदान गरेको छ । तर, स्वतन्त्रताको नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य सर्वदा निषेधित छ । यस्तो प्रकृतिको घटना हुन नदिन सबै गम्भीर बन्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।”

राष्ट्रपति पौडेलले केही दिनअगाडि काठमाडौंमा भएको घटनाको क्रममा जनधनको जुन क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै होनाहार पत्रकार र नागरिकको मृत्यु हुनु दुखद् भएको बताए ।

उनले लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने र संविधानको व्यवस्था, मर्म र भावना भुले नेपाली जनतालाई स्वीकार्य नहुने बताउँदै संविधानले दिएको हाम्रो अधिकार प्रयोग गर्दा त्यही संविधानले अपेक्षा गरेको लोकतान्त्रिक संस्कृति र संस्कारको बिर्सिए जनतालाई स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

‘लामो सङ्घर्ष, त्याग र बलिदानबाट जनता आफैँले बनाएको संविधानले प्रत्येक नागरिकलाई आफ्नो असहमति राख्ने अधिकार प्रदान गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यो सर्वाधिक सुन्दर पक्ष हो । तर, संविधानले प्रदान गरेको यो अधिकार प्रयोग गर्दा हामी कति जिम्मेवार हुनुपर्छ भन्ने कुरा पनि त्यत्तिकै महत्वपूर्ण छ” राष्ट्रपति पौडेलले रेडियो नेपालको हीरक महोत्सवको बुधवार उद्घाटन गर्दै भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register