मण्डलामा ‘अर्को एउटा द्रोणाचार्य’ (तस्वीरहरू)

काठमाडौं । कोषा आट्र्स थिएटरले मण्डला थिएटरमा नाटक ‘अर्को एउटा द्रोणाचार्य’को यही चैत २१ गतेदेखि मञ्चन सुरु गरेको छ । चर्चित भारतीय लेखक डा. शङ्कर शेषको नाटक ‘एक और द्रोणाचार्य’मा आधारित यो नाटकलाई सम्राट भुजेल र श्रीशेष श्रेष्ठले नेपालीमा रुपान्तरण गरेका हुन् । शक्ति, अधिकार र नैतिकताको सङ्घर्षमा केन्द्रित यस नाटकले महाभारतका गुरु द्रोणाचार्यको चरित्रमार्फत […]

Apr 4, 2025 - 04:45
 0
मण्डलामा ‘अर्को एउटा द्रोणाचार्य’ (तस्वीरहरू)

काठमाडौं । कोषा आट्र्स थिएटरले मण्डला थिएटरमा नाटक ‘अर्को एउटा द्रोणाचार्य’को यही चैत २१ गतेदेखि मञ्चन सुरु गरेको छ ।

चर्चित भारतीय लेखक डा. शङ्कर शेषको नाटक ‘एक और द्रोणाचार्य’मा आधारित यो नाटकलाई सम्राट भुजेल र श्रीशेष श्रेष्ठले नेपालीमा रुपान्तरण गरेका हुन् ।

शक्ति, अधिकार र नैतिकताको सङ्घर्षमा केन्द्रित यस नाटकले महाभारतका गुरु द्रोणाचार्यको चरित्रमार्फत नेपाली समाज र नेतृत्वमा देखिने नैतिक द्वन्द्वलाई उजागर गरेको छ ।

नाटकमा उमेश सुनाम, कृतिका बस्नेत, आवाश भट्टराई, अर्जुन दुलाल, सनम श्रेष्ठ, भूपि, रोशन, श्रीशेष श्रेष्ठ, दीपेश गजुरेल, प्रेमदेव विश्वकर्मा, स्वर्णिम चापागाईं र सम्राट भुजेलको अभिनय रहेको छ ।

उमेश तामाङको निर्देशनमा प्रस्तुत यो नाटक वैशाख ७ गतेसम्म मण्डला थिएटरमा सोमबारबाहेक हरेक दिन बेलुका ५ः१५ बजे र शनिबार अतिरिक्त शो दिउँसो १ः१५ बजे मञ्चन हुनेछ ।

तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register