बलिउड अभिनेता मनोज कुमारको निधन

काठमाडौं । भारतको चलचित्र नगरी बलिउडका दिग्गज अभिनेता मनोज कुमारको शुक्रबार बिहान निधन भएको छ । उनको ८८ वर्षको उमेरमा मुम्बईको कोकिलाबेन अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मनोज हिन्दी फिल्म उद्योगमा देशभक्तिपूर्ण फिल्महरूका लागि परिचित छन् । क्रान्ति, उपकार, शहीद, पूर्व और पश्चिम र रोटी कपडा और मकान उनका अविस्मरणीय चलचित्र हुन् […]

Apr 4, 2025 - 04:54
 0
बलिउड अभिनेता मनोज कुमारको निधन

काठमाडौं । भारतको चलचित्र नगरी बलिउडका दिग्गज अभिनेता मनोज कुमारको शुक्रबार बिहान निधन भएको छ ।

उनको ८८ वर्षको उमेरमा मुम्बईको कोकिलाबेन अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मनोज हिन्दी फिल्म उद्योगमा देशभक्तिपूर्ण फिल्महरूका लागि परिचित छन् ।

क्रान्ति, उपकार, शहीद, पूर्व और पश्चिम र रोटी कपडा और मकान उनका अविस्मरणीय चलचित्र हुन् । मनोजले धेरै देशभक्तिपूर्ण चलचित्र गरे र ती यति हिट भए कि उनको नाम नै ’भारत कुमार’ रह्यो ।

तर रोचक कुरा वास्तविक नाम हरिकृष्ण गोस्वामी रहेका मनोजको जन्म १९३७ मा एबटाबादमा भएको थियो, जुन अहिले पाकिस्तानमा छ ।

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनमा शोक व्यक्त गरेका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register