हङकङमा हुने T20I सिरिजका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने चारदेशीय T20I  सिरिजका लागि रोहित पौडेलको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा गरेको छ । हङकङमा अप्रिल ९ देखि १३ सम्म सञ्चालन हुने T20I सिरिजका लागि क्यानले पौडेलको कप्तानीमा सिरिज खेल्ने १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । नेपालले पहिलो खेल अप्रिल ९ मा कतार, अप्रिल […]

Apr 5, 2025 - 08:36
 0
हङकङमा हुने T20I सिरिजका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने चारदेशीय T20I  सिरिजका लागि रोहित पौडेलको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा गरेको छ । हङकङमा अप्रिल ९ देखि १३ सम्म सञ्चालन हुने T20I सिरिजका लागि क्यानले पौडेलको कप्तानीमा सिरिज खेल्ने १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

नेपालले पहिलो खेल अप्रिल ९ मा कतार, अप्रिल १० मा कुवेत र अप्रिल १२ मा हङकङसँग खेल्नेछ । अप्रिल १३ मा फाइनल हुनेछ ।

टोलीमा लोकेश बम, बसिर अहमद, नन्दन यादव र शाहव आलम पनि समेटिएका छन् ।

यस्तै आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, रिज ढकाल र गुल्शन झा टिममा परेका छन्।

सन्दीप लामिछाने, अनिलकुमार शाह, आरिफ शेख जस्ता खेलाडीले भने यो सिरिज गुमाउने भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register