सांसद सिंहको आरोप – सरकारले मधेसकी चेलीलाई विभेद गर्‍यो

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भारतको भारतको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिचुट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा मृत्यु भएकी छात्रा प्रिशा साहको विषयमा छानबिन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सिंहले सरकारले यस घटनाप्रति बेवास्ता गरेको आरोपसमेत लगाए । उनले भने, “यसअघि प्रकृति लम्सालको केसमा सरकारले केही तदरुकता देखाएको थियो । तर, मधेसकी […]

May 5, 2025 - 06:55
 0
सांसद सिंहको आरोप – सरकारले मधेसकी चेलीलाई विभेद गर्‍यो

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भारतको भारतको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिचुट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा मृत्यु भएकी छात्रा प्रिशा साहको विषयमा छानबिन गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सिंहले सरकारले यस घटनाप्रति बेवास्ता गरेको आरोपसमेत लगाए ।

उनले भने, “यसअघि प्रकृति लम्सालको केसमा सरकारले केही तदरुकता देखाएको थियो । तर, मधेसकी बेटी सरकार भएको कारण प्रिशा साहको विषयमा सरकार मौन छ । परराष्ट्र मन्त्रालय विदेश घुम्न मात्र बनेको हो की आफ्नो नागरिकको सुरक्षा गर्नलाई बनेको हो ?”

सिंहले भने, “यसको न्यायिक छानबिन होस् । हाम्रा चेली त्यही इन्स्टिचुटमा मृत फेला पर्छन् ?”

प्रिशाको घटनामा सरकारले विभेद गरेको उनको आरोप छ । “चेलिबेटीमा पनि विभेद ? पहाडीकी छोरी भए प्रधानमन्त्रीले फोन गरेर परिवारलाई सन्त्वाना दिने ? मन्त्रीहरुको लर्को लाग्ने ? मधेसकी चेली भएर कोही पनि बोल्न नमिल्ने ?” उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register