अर्घाखाँचीमा जिप दुर्घटना : दुईको मृत्यु, दुई जना गम्भीर

काठमाडौं । अर्घाखाँचीको मालारानी गाउँपालिका-३ लुटीपोखरी-खनदह भित्री सडकखण्डमा आइतबार बिहान भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मालारानी गाउँपालिका-४ का बालकृष्ण रिजाल […]

Apr 6, 2025 - 03:36
 0
अर्घाखाँचीमा जिप दुर्घटना : दुईको मृत्यु, दुई जना गम्भीर

काठमाडौं । अर्घाखाँचीको मालारानी गाउँपालिका-३ लुटीपोखरी-खनदह भित्री सडकखण्डमा आइतबार बिहान भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मालारानी गाउँपालिका-४ का बालकृष्ण रिजाल र चालक दिलिप खनालको मृत्यु भएको छ।

घटनामा मालारानी गाउँपालिका-४ का वसन्त पोखरेल र भुवन पोखरेल गम्भीर घाइते भएका छन्। घाइतेहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको  छ।

प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार, जिप अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान छ। घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register