झापाको कचनकवलका तीन घरमा चोरी

बनियानी, २५ चैत । झापाको कचनकवल गाउँपालिका–४ स्थित केचनामा अष्टजाम संकीर्तन समारोह भइरहेको समयमा तीन घरमा चोरी भएको छ। आइतबार राति करिब ९ बजेको समयमा सुनसानको फाइदा उठाउँदै चोरहरूले घरमा पसेर लाखौंको धनमाल चोरेका हुन्। पण्डित प्रदीप भण्डारीको घरबाट ३ तोला सुन र भारतीय रुपैयाँ २५ हजार, टक खनालको घरबाट सुनको सिक्री र नगद २० [...] The post झापाको कचनकवलका तीन घरमा चोरी appeared first on Jhapa Online.

Apr 7, 2025 - 02:36
 0
झापाको कचनकवलका तीन घरमा चोरी

बनियानी, २५ चैत । झापाको कचनकवल गाउँपालिका–४ स्थित केचनामा अष्टजाम संकीर्तन समारोह भइरहेको समयमा तीन घरमा चोरी भएको छ। आइतबार राति करिब ९ बजेको समयमा सुनसानको फाइदा उठाउँदै चोरहरूले घरमा पसेर लाखौंको धनमाल चोरेका हुन्।

पण्डित प्रदीप भण्डारीको घरबाट ३ तोला सुन र भारतीय रुपैयाँ २५ हजार, टक खनालको घरबाट सुनको सिक्री र नगद २० हजार रुपैयाँ र लक्ष्मी चौहानको घरमा रहेका सामान छरपस्ट पारी चोर फरार भएको स्थानीयले जनाएका छन् ।

घटनाको समयमा गाउँमा अष्टजाम संकीर्तनको भीडभाड रहेको र घरहरू सुनसान भएको कारण चोरले मौकाको फाइदा उठाएका छन् ।

The post झापाको कचनकवलका तीन घरमा चोरी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register