रविलाई छुट्टै ब्लकमा राखियो, भने – अदालतको आदेशप्रति सम्मान छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ । उच्च अदालतको आदेशबमोजिम लामिछानेलाई रुपन्देही जिल्लाको जिल्ला कारागार भैरहवामा चलान गरिएको हो । उनले कारागार चलान हुँदै गर्दा सङ्क्षिप्त प्रतिक्रिया दिएका छन् । लामिछानेले भने, “अदालतको आदेशप्रति केही भन्नु छैन, सम्मान छ ।” सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा जिल्ला अदालत […]

Apr 7, 2025 - 10:02
 0
रविलाई छुट्टै ब्लकमा राखियो, भने – अदालतको आदेशप्रति सम्मान छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ । उच्च अदालतको आदेशबमोजिम लामिछानेलाई रुपन्देही जिल्लाको जिल्ला कारागार भैरहवामा चलान गरिएको हो ।

उनले कारागार चलान हुँदै गर्दा सङ्क्षिप्त प्रतिक्रिया दिएका छन् । लामिछानेले भने, “अदालतको आदेशप्रति केही भन्नु छैन, सम्मान छ ।”

सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा पठाउने आदेश गरेको थियो । त्यसलगतै लामिछानेलाई शुक्रबार नै प्रहरीले काठमाडौंबाट पक्राउ गरि रुपन्देही पुर्‍याइएको थियो ।

लामिछानेलाई स्वास्थ्यपरीक्षण गरि कारागारको ब्लक नम्बर ४ मा राखिएको जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीले जानकारी दिए ।

ब्लक नम्बर ४ मा अहिले लामिछाने मात्रै रहेको भन्दै आगामी दिनमा कैदीबन्दीको सङ्ख्या बढ्दै गए अरुलाई समेत राख्नुपर्ने उनले बताए ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले समेत उच्च अदालतमा निवेदन दिएका थिए भने सरकारी वकिल कार्यालयले पनि धरौटीमा रिहा गर्ने आदेशविरुद्ध निवेदन दिएको थियो । उक्त निवेदनप्रति सुनुवाई गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register