यस्ता छन् तेजपत्ताका फाइदाहरु

बिशेष गरी गरम मसलाका रुपमा प्रयोग हुने तेजपत्ता एक प्रकारको बासनादार पात हो । बिभिन्न परिकारहरुलाई स्वादिलो र मिठो बनाउन यसको प्रयोग गरिन्छ । त्यति मात्र नभएर तेजपत्ताको पातलाई सौन्दर्य निखारका लागि पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले त्वचा तथा कपाललाई निकै फाइदा गर्छ । १. यदि तपाइँको अनुहारमा काला दागहरु बसेको छ भने [...] The post यस्ता छन् तेजपत्ताका फाइदाहरु appeared first on Jhapa Online.

Apr 7, 2025 - 10:02
 0
यस्ता छन् तेजपत्ताका फाइदाहरु


बिशेष गरी गरम मसलाका रुपमा प्रयोग हुने तेजपत्ता एक प्रकारको बासनादार पात हो । बिभिन्न परिकारहरुलाई स्वादिलो र मिठो बनाउन यसको प्रयोग गरिन्छ ।

त्यति मात्र नभएर तेजपत्ताको पातलाई सौन्दर्य निखारका लागि पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले त्वचा तथा कपाललाई निकै फाइदा गर्छ ।

१. यदि तपाइँको अनुहारमा काला दागहरु बसेको छ भने त्यसलाई हटाउनको लागि तेजपत्ताको पातलाई पानीमा उमलेर अनुहार धुने गर्नाले अनुहार सफा हुनुका साथै दागहरु हटाउनमा मद्दत गर्छ ।

२. तेजपत्ताको पानीले अनुहार तथा त्वचालाई घामबाट बचाउनुका साथै त्वचाको रंगलाई समान बनाउन मद्दत गर्छ ।

३. त्यसैगरी तेजपत्ताको पानीले कपाल धुने गर्नाले कपाल नरम, मुलायम र चमकदार देखिन्छ ।

४. तेजपत्ताको पातलाई लेप बनाएर दहीम मिलाई त्वचामा लगाउनाले त्वचा सफा हुनुका साथै त्वचामा पोषण प्राप्त हुन्छ ।

५. तेजपत्ताको पातलाई घाममा सुकाएर धूलो बानाई त्यसले दाँत सफा गर्नाले दाँत मजबुत हुनुका साथै चम्किलो देखिन्छ ।एजेन्सी

The post यस्ता छन् तेजपत्ताका फाइदाहरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register