तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एकजना पक्राउ 

काठमाडौँ । काठमाडौँको तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको अरोपमा एक जना पक्राउ परेका छन् । चैत १५ गते (शुक्रबार) भएको राजावादीको आन्दोलनका क्रममा तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एकजना पक्राउ परेका हुन् ।  पक्राउ पर्नेमा कुमार तामाङ रहेका छन् । उनलाई भक्तपुर क्षेत्रबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका एक […]

Apr 7, 2025 - 11:34
 0
तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एकजना पक्राउ 

काठमाडौँ । काठमाडौँको तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको अरोपमा एक जना पक्राउ परेका छन् । चैत १५ गते (शुक्रबार) भएको राजावादीको आन्दोलनका क्रममा तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एकजना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा कुमार तामाङ रहेका छन् । उनलाई भक्तपुर क्षेत्रबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका एक प्रहरीका अनुसार प्रदर्शनका क्रममा तामाङले ट्राफिक लाइट तोडफोड गर्नुका साथै जडिबुटीमा रहेको एक घरमा आगजनी समेत गरेको पाइएको छ । 

पक्राउ परेका तामाङविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौँले थप अनुसन्धान अघि बढाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register