रुपन्देहीमा नेपालकै सबैभन्दा ठूलो प्राङ्गारिक मल उद्योग सञ्चालनमा 

काठमाडौँ । रुपन्देहीमा नेपालकै सबैभन्दा ठूलो प्राङ्गारिक मल उद्योग सञ्चालनमा आएको छ । जिल्लाको रोहिणी गाउँपालिकामा उक्त उद्योग सञ्चालनमा भएको हो ।  भैरहवाका उद्योगी दम्पती सिद्धार्थ अग्रवाल र पुनमकुमारी अग्रवालको ३० करोड लगानीमा रोहिणी गाउँपालिका-४ कोटहवामा ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रा.लि. मार्फत गत वर्षदेखि मल उत्पादन शुरु भएको थियो ।  प्रतिदिन २ सय मेट्रिक […]

Jun 1, 2025 - 11:37
 0
रुपन्देहीमा नेपालकै सबैभन्दा ठूलो प्राङ्गारिक मल उद्योग सञ्चालनमा 

काठमाडौँ । रुपन्देहीमा नेपालकै सबैभन्दा ठूलो प्राङ्गारिक मल उद्योग सञ्चालनमा आएको छ । जिल्लाको रोहिणी गाउँपालिकामा उक्त उद्योग सञ्चालनमा भएको हो । 

भैरहवाका उद्योगी दम्पती सिद्धार्थ अग्रवाल र पुनमकुमारी अग्रवालको ३० करोड लगानीमा रोहिणी गाउँपालिका-४ कोटहवामा ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रा.लि. मार्फत गत वर्षदेखि मल उत्पादन शुरु भएको थियो । 

प्रतिदिन २ सय मेट्रिक टन मल उत्पादन क्षमता रहेको उद्योगले हाल रत्नम ब्राण्डमा दैनिक ८० मेट्रिक टन मल उत्पादन गरिरहेको छ । उद्योगको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका हुन् । 

नेपालमा वार्षिक ५ लाख ३० हजार मेट्रिक टन रासायनिक मलको माग छ । रासायनिक मल खरिदमा मात्रै मुलुकको झन्डै ४० अर्ब रुपैयाँ खर्च हुने गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register