बेलायतका गुल्मेलीले गरे दुवै मृगौला बिग्रिएकी एकल महिलालाई चार लाख बढी सहयोग

लन्डन- गुल्मी जिल्ला समाज यूकेले गृहजिल्लाकी एक मृगौलापीडितको उपचारका लागि आर्थिक सहयोग गरेको छ। गुल्मीको चन्द्रकोट ४ शान्तिपुरकी दुवै मृगैला बिग्रीएकी एकल महिला कमला थापामगर खत्रीलाई समाजले चार लाख १६ हजार २० रुपैया सहयोग गरेको हो । समाजको आव्हानमा बेलायतमा संकलन गरिएको उक्त रकम मंगलबार काठमाडौंमा पीडितलाई हस्तान्तरण गरिएको सहयोग संकलन संयोजन गरेका समाजका संस्थापक […]

Apr 8, 2025 - 10:48
 0
बेलायतका गुल्मेलीले गरे दुवै मृगौला बिग्रिएकी एकल महिलालाई चार लाख बढी सहयोग

लन्डन- गुल्मी जिल्ला समाज यूकेले गृहजिल्लाकी एक मृगौलापीडितको उपचारका लागि आर्थिक सहयोग गरेको छ।

गुल्मीको चन्द्रकोट ४ शान्तिपुरकी दुवै मृगैला बिग्रीएकी एकल महिला कमला थापामगर खत्रीलाई समाजले चार लाख १६ हजार २० रुपैया सहयोग गरेको हो ।

समाजको आव्हानमा बेलायतमा संकलन गरिएको उक्त रकम मंगलबार काठमाडौंमा पीडितलाई हस्तान्तरण गरिएको सहयोग संकलन संयोजन गरेका समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा काउछाले नेपालीलिंकलाई जानकारी दिए ।

आर्थिक अभावका कारण कमलाको उपचारमा कठिनाइ भएपछि परिवारको आग्रहमा बेलायतमा आर्थिक संकलन गरिएको थियो। दु

वै मृगौला बिग्रिएकी कमलाको मेरुदण्डमा समेत समस्या रहेकाले कम्मरभन्दा मुनिको भाग नचल्ने अवस्थामा छ । उपचारका लागि परिवारले सक्दो कोशिस् गर्दै आएपनि निकै खर्चिलो भएपछि सहयोगका लागि समाजसंग याचना गरिएको थियो ।

सहयोग संकलन संयोजक एवम् समाजका संस्थापक अध्यक्ष काउछाले कमलाको सहयोगार्थ बेलायतमा आर्थिक संकलनमा सहयोग गर्ने समाजका अध्यक्ष रुद्र थापा, महासचिव महलाल घिमिरे र कार्यसमितिसहित सबै सहयोगदातालाई धन्यवाद ज्ञापन गरेका छन् । समाजले पठाएको रकम काठमाडौंमा उपचाररत पीडितसम्म हस्तान्तरण गरिदिने रुपा राना र पिन्की रानालाई पनि उनले धन्यवाद दिए ।

गुल्मी जिल्ला समाजले स्थापनाकालदेखि नै नेपविभिन्न परोपकारी कामहरुको साथै दैवीप्रकोप, आपतविपत र उपचार खर्च अभावमा परेकाहरुलाई पनि सहयोग गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register