कोशीसहित तीनवटा प्रदेशमा चट्याङ्गसहित वर्षा, देशभर तुँवालो

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आङ्शिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आङ्शिक बदली रहेको छ । कोशी, बागमती र गण्डकी गरी तीनवटा प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा […]

Apr 9, 2025 - 03:12
 0
कोशीसहित तीनवटा प्रदेशमा चट्याङ्गसहित वर्षा, देशभर तुँवालो

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आङ्शिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आङ्शिक बदली रहेको छ । कोशी, बागमती र गण्डकी गरी तीनवटा प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने देशभर तुँवालो लागेको अवस्था छ ।

विभागका अनुसार आज (बुधबार) कोशी प्रदेशको हिमाली क्षेत्रमा आङ्शिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पहाडी क्षेत्रमा आङ्शिकदेखि साधारणतया बदली रही केही स्थानमा मेघार्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आङ्शिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आङ्शिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आङ्शिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register