बुद्ध जयन्ती २५६९ औँ कि २६४९ औँ ?

काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमा अर्थात बुद्ध जयन्ती । आजको दिनमा शाक्यमुनी गौतम बुद्धको त्रिसंयोग अर्थात जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन परेकोले विश्वभरका बौद्ध धर्मावलम्बीहरुले गुम्बा, विहार, मठ, स्तुपा र चैत्यमा बुद्धको विशेष पूजाअर्चना, प्रार्थना, ध्यान, प्रवचनलगायतका कार्यक्रम गरी बुद्धप्रति श्रद्धाभक्ति अर्पण गर्दछन् । यसै अवसरमा काठमाडौंको बसन्तपुरस्थित श्रीखण्ड तरुमुल महाविहारले पनि […]

May 12, 2025 - 08:12
 0
बुद्ध जयन्ती २५६९ औँ कि २६४९ औँ ?

काठमाडौं ।
आज वैशाख शुक्ल पूर्णिमा अर्थात बुद्ध जयन्ती । आजको दिनमा शाक्यमुनी गौतम बुद्धको त्रिसंयोग अर्थात जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन परेकोले विश्वभरका बौद्ध धर्मावलम्बीहरुले गुम्बा, विहार, मठ, स्तुपा र चैत्यमा बुद्धको विशेष पूजाअर्चना, प्रार्थना, ध्यान, प्रवचनलगायतका कार्यक्रम गरी बुद्धप्रति श्रद्धाभक्ति अर्पण गर्दछन् ।


यसै अवसरमा काठमाडौंको बसन्तपुरस्थित श्रीखण्ड तरुमुल महाविहारले पनि विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाएको छ । महाविहारले बुद्ध पूजा तथा शान्ति पदयात्रापछि महाविहार अगाडीको डबलीमा त्रिरत्न बन्दना र प्रवचन कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा श्रीखण्ड तरुमुल महाविहार संरक्षण तथा सञ्चालन समितिका अध्यक्षले बुद्ध जयन्ती बुद्धको जन्मको आधारमा मनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘बुद्ध जयन्तीको गणना स्पष्ट हुनुपर्छ । नेपाल र केही देशहरूमा अहिलेसम्म पनि कतै २५६९ औँ बुद्ध जयन्ती भनिन्छ भने, कतै २६४९ औँ भनिन्छ । केहि विद्वानहरूले विवादमा नफसौं भनेर बुद्ध जयन्तीको गणना उल्लेख नगरी ‘त्रिसंयोग दिवस’ वा ‘स्वांया पुन्ही’ भन्ने प्रचलन सुरु गरेका छन्, यो त झनै गलत भयो । इतिहास र प्रमाणअनुसार भगवान बुद्ध २६४९ वर्ष पहिले जन्मिनु भएकोले आजको बुद्ध जयन्ती २५६९ औँ नभई २६४९ औँ हो।’ २५६९ वर्षअगाडि त उहाँले महापरिनिर्वाण प्राप्त गर्नुभएको थियो । त्यसैले हामीले २६४९ औँ बुद्ध जयन्ती भन्नुपर्छ। उहाँले सरकारले पनि यसलाई लागु गरेर विश्वलाई यसबारे थाह दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।


बुद्ध जयन्तीकै दिनमा संयुक्त राष्ट्रसंघले पनि ‘वैशाख डे’ मनाउने घोषणा गरेको छ । तर विभिन्न देशहरूमा अझै पनि फरकफरक मितिमा यो पर्व मनाइरहेको जिकीर गर्दै अध्यक्ष शाक्यले भन्नुभयो– यस्तो अवस्थामा अन्तर्राष्ट्रिय रूपमा एकरूपता ल्याउन यो विषयमा अन्तर्राष्ट्रिय स्तरमै छलफल चलाउन आवश्यक रहेको देखिन्छ । यहाँहरुको साथ र सहयोग पाएमा श्रीखण्ड तरुमूल महाविहारले यसको लागि सक्रिय पहल गर्नेछ ।
त्यसैगरी बुद्धले आयु संस्कार परित्याग गर्ने घोषणा भएको दिन माघ पूर्णिमा अर्थात शिला पुन्हीको दिन पनि बुद्ध जयन्ती जस्तै महत्वपूर्ण भएकोले यो दिन राष्ट्रिय पर्वका रूपमा घोषणा गरी राष्ट्रिय बिदा दिन पनि सरकारसँग अनुरोध गर्नुभयो।

कार्यक्रममा शान्तश्री रत्न बज्राचार्यले त्रिरत्न बन्दनाको अर्थ, महत्व र यसको दैनिक जीवनमा प्रयोगबारे सरल भाषामा प्रवचन दिनुभएको थियो । भगवान बुद्धका उपदेश र शिक्षा हाम्रो दैनिक जीवनमा लागू गर्नुपर्नेमा जोड दिंदै उहाँले भन्नुभयो(ुहामीले भगवान बुद्धका उपदेश र शिक्षाको केही अंश मात्र पनि व्यवहारमा उतार्न सक्यौं भने पनि हामी जीवनमा सुख र शान्ति प्राप्त गर्न सक्छौं ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register