झापामा ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

झापा, २७ चैत । झापाको मेचीनगर नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । हिजो बेलुका ४ बजेको समयमा भारतको पानीट्याङ्कीको शिव मन्दिर हुँदै मेचीखोलाको बाटोबाट नेपालतर्फ लागुऔषध भित्र्याइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ स्थित भान्साखोलामा भारतबाट नेपालतर्फ आउँदै गरेको भारतको वेष्ट बंगाल [...] The post झापामा ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ appeared first on Jhapa Online.

Apr 9, 2025 - 03:28
 0
झापामा ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

झापा, २७ चैत । झापाको मेचीनगर नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

हिजो बेलुका ४ बजेको समयमा भारतको पानीट्याङ्कीको शिव मन्दिर हुँदै मेचीखोलाको बाटोबाट नेपालतर्फ लागुऔषध भित्र्याइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ स्थित भान्साखोलामा भारतबाट नेपालतर्फ आउँदै गरेको भारतको वेष्ट बंगाल दार्जिलिङ जिल्ला मञ्जयाज्तोत खोरीबारी थानाका ४१ वर्षीय राजेन बर्मनलाई लागुऔषध ब्राउनसुगर प्लाष्टिक सहित १५० ग्राम ९८० मिलिग्राम (प्लाष्टिक बाहेक १४५ ग्राम ३३० मिलिग्राम) सहित पक्राउ गरेको हो ।

उनलाई लागुऔषधसहित निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट झापा जिल्ला अदालतमा उपस्थित गराई ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापामा ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register