नुवाउने क्रममा बागमतीमा डुबेर युवकको ज्यान गयो
रौतहट । रौतहटको बागमती नदीमा नुवाउने क्रममा डुबेर एक युवकको ज्यान गएको छ । बागमतीको किनारमा नदीजन्य पदार्थ उत्खनपछि बनेको खाडलमा जमेको पानीमा डुबेर युवकको ज्यान गएको हो । वृन्दावन नगरपालिका वडा नम्बर १ तमाङबस्तीका १८ वर्षीय अर्जुन प्रजाको ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ । अत्यधिक गर्मी भएपछि नुवाउन युवक नजिकको […]

रौतहट । रौतहटको बागमती नदीमा नुवाउने क्रममा डुबेर एक युवकको ज्यान गएको छ । बागमतीको किनारमा नदीजन्य पदार्थ उत्खनपछि बनेको खाडलमा जमेको पानीमा डुबेर युवकको ज्यान गएको हो ।
वृन्दावन नगरपालिका वडा नम्बर १ तमाङबस्तीका १८ वर्षीय अर्जुन प्रजाको ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ ।
अत्यधिक गर्मी भएपछि नुवाउन युवक नजिकको बलेरीस्थित बागमतीमा पुगेको स्थानीय बताउँछन् । स्थानीयवासीका अनुसार उत्खननपछि बनेको गहिरो खाडलमा जमेको पानीमा नुवाउने क्रममा प्रजाको मङ्गलवार बेलुका ज्यान गएको हो ।
खाडलको औसत गहिराई पाँचदेखि ६ फिट मात्र रहेको देखिन्छ । घटनापछि मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । यस घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
What's Your Reaction?






