फेसबुकमा उत्तेजक अभिव्यक्ति लेख्नेलाई २० दिन थुनामा राख्न अनुमति

काठमाडौँ। काठमाडौँको तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनका क्रममा आगजनी, तोडफोडमा संलग्न तथा नेपाललाई श्रीलंका र बंगलादेश जस्तो बनाउने अभिव्यक्ति दिएको आरोपमा एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर महानगरपालिका २७ बस्ने वर्ष ५३ को कमल कुमार विष्टलाई पक्राउ गरी आपराधिक उपद्रव कसूरमा २० दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ। गत चैत १५ गते तीनकुनेमा ‘राष्ट्र, […]

Apr 9, 2025 - 18:36
 0
फेसबुकमा उत्तेजक अभिव्यक्ति लेख्नेलाई २० दिन थुनामा राख्न अनुमति

काठमाडौँ।

काठमाडौँको तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनका क्रममा आगजनी, तोडफोडमा संलग्न तथा नेपाललाई श्रीलंका र बंगलादेश जस्तो बनाउने अभिव्यक्ति दिएको आरोपमा एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका २७ बस्ने वर्ष ५३ को कमल कुमार विष्टलाई पक्राउ गरी आपराधिक उपद्रव कसूरमा २० दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

गत चैत १५ गते तीनकुनेमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’को आयोजनामा भएको प्रदर्शनको क्रममा निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ।

विष्टलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको हो।

साथै उनको फेसबुक पेजमा ‘नेपाल श्रीलंका, बंगलादेशको मोडलमा अगाडी बढ्नु पर्छ’ भन्ने जस्ता उत्तेजक अभिव्यक्ति लेखेको पाइएको प्रहरीले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register