‘निजी क्षेत्र र सरकारबीचको सहकार्यले अर्थतन्त्र अघि बढ्छ’- प्रधानमन्त्री 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारण सभा एवम् उद्‌घाटन समारोहमा बोल्दै उनले देशको अर्थतन्त्रलाई अगाडि बढाउन निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका हुन् ।   ‘निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको छ । […]

Apr 10, 2025 - 10:35
 0
‘निजी क्षेत्र र सरकारबीचको सहकार्यले अर्थतन्त्र अघि बढ्छ’- प्रधानमन्त्री 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारण सभा एवम् उद्‌घाटन समारोहमा बोल्दै उनले देशको अर्थतन्त्रलाई अगाडि बढाउन निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका हुन् ।  

‘निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको छ । आत्मविश्वासका साथ लागेको छ । देशको अर्थतन्त्रलाई अगाडि बढाउन तीव्र गतिमा अगाडि बढ्नुपर्ने छ । यसमा निजी क्षेत्र र सरकारको सहकार्यको  आवश्यकता छ ।’, प्रधानमन्त्री ओलीले भने, ‘सहकार्य गरेर नै उपलब्धि हासिल गर्न सक्छौँ । देश विकास गर्न सक्छौँ । स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि बनेको अहिलेको सरकारको मुख्य एजेण्डा हो ।’ 

त्यस्तै, उनले अहिलेको देशमा भ्रष्टाचार न्यूनिकरण र अन्त्य गर्न समेत यो सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले जनातालाई छिटो भन्दा छिटो सेवा प्रवाह गर्न सरकार तत्पर भएको उल्लेख गरेका छन । 

त्यस्तै, सोही कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पनि मुलुकको अर्थतन्त्रलाई चलायमान कसरी बनाउने भन्ने कुरामा अहिलेको सरकार गम्भीरतापूर्वक काम गरिरहेको बताएकी छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register