दुबईबाट फर्किँदा एयरपोर्टमा गायक अमात्यको ब्यागको ताला काटियो

काठमाडौँ । विदेशबाट फर्किँदा गायक योगेश्वर अमात्यको ब्यागको ताला काटिएको पाइएको छ । दुबईबाट काठमाडौँ फर्किने क्रममा उनको ब्यागको ताला काटिएको पाइएको हो । सामाजिक सञ्जाल फेसबुकमा ताला काटिएको ब्यागको फोटो सेयर गर्दै गायक अमात्यले एयरपोर्टमा आफ्नो ब्यागको ताला काटिएकोबारे जानकारी दिएका थिए । उनले दुबईबाट फर्किने क्रममा ह्वीस्की किन्दा पाएको क्याबीन ब्यागको ताला काटिएको […]

Jan 26, 2025 - 07:11
 0
दुबईबाट फर्किँदा एयरपोर्टमा गायक अमात्यको ब्यागको ताला काटियो

काठमाडौँ । विदेशबाट फर्किँदा गायक योगेश्वर अमात्यको ब्यागको ताला काटिएको पाइएको छ । दुबईबाट काठमाडौँ फर्किने क्रममा उनको ब्यागको ताला काटिएको पाइएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा ताला काटिएको ब्यागको फोटो सेयर गर्दै गायक अमात्यले एयरपोर्टमा आफ्नो ब्यागको ताला काटिएकोबारे जानकारी दिएका थिए ।

उनले दुबईबाट फर्किने क्रममा ह्वीस्की किन्दा पाएको क्याबीन ब्यागको ताला काटिएको बताएका छन् । उक्त ब्यागमा औषधि, चप्पल लगाएतका सामान राखिएको अमात्यले बताएका छन् । तर, चेकइनका क्रममा एयरपोर्टमा ब्यागको ताला नै काटिएको उनले बताएका छन् ।

दुबईबाट घर फर्केको दुई दिनपछि हेर्दा ताला काटिएको भेट्टाएको बताएका छन् । तर, ब्यागमा महत्पूर्ण मालसामान केही नभएकाले कुनै क्षति नभएको उनले जानकारी दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register