सभापति देउवाले भने : शिक्षकका माग कांग्रेसले सम्बोधन गर्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकका माग नेपाली कांग्रेसले गर्ने बताएका छन् । कांग्रेस शिक्षा विभाग प्रमुख तथा नेपाली कांग्रेस १५ औं महाधिवेशन महामन्त्री उम्मेदवार नैनसिंह महरसहित शिक्षक संघका प्रदेश अध्यक्षहरूसँगको छलफलमा सभापति देउवाले शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर रहेको बताएका हुन् । देउवाले शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानन्त्री केपी शर्मा ओली […]

Apr 10, 2025 - 11:09
 0
सभापति देउवाले भने : शिक्षकका माग कांग्रेसले सम्बोधन गर्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकका माग नेपाली कांग्रेसले गर्ने बताएका छन् ।

कांग्रेस शिक्षा विभाग प्रमुख तथा नेपाली कांग्रेस १५ औं महाधिवेशन महामन्त्री उम्मेदवार नैनसिंह महरसहित शिक्षक संघका प्रदेश अध्यक्षहरूसँगको छलफलमा सभापति देउवाले शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर रहेको बताएका हुन् ।

देउवाले शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानन्त्री केपी शर्मा ओली र सत्तारुढ दल एमालेसँग आफूले निरन्तर छलफल गरिरहेको बताएका थिए ।

शिक्षा विभाग प्रमुख महरले पनि कांग्रेस शिक्षकको साथमा रहेको बताए ।  ‘शिक्षकहरूका माग सम्बोधन गर्नेबारे सभापतिले मलगायत शिक्षक प्रतिनिधिहरूसँग छलफल गर्नु भएको हो । उहाँ यो विषयमा निकै गम्भीर हुनुहुन्छ । शिक्षा ऐन जारी हुनुपर्छ भन्नेमा पार्टी दृढ छ,’ महरले भने ।

सभापति देउवाको शिक्षकहरूसँग छलफल निकासका लागि उत्साहजनक भएको उनले बताए । यसअघि नै  महरले विज्ञप्ति जारी गर्दै सरकारसँग आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न माग गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register