बेलायतको सबैभन्दा ठूलो विमानस्थल २४ घण्टा बन्द

काठमाडौं । विमानस्थल नजिकैको विद्युतीय सबस्टेशनमा भीषण आगलागी भएपछि लन्डनको हिथ्रो विमानस्थल शुक्रबार दिनभरि बन्द रहने भएको छ । विमानस्थलले जारी गरेको विज्ञप्तिमा आगलागीका कारण विमानस्थलमा “ठूलो मात्रामा विद्युत् आपूर्ति अवरुद्ध” भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “हाम्रा यात्रु र सहकर्मीहरूको सुरक्षा कायम राख्न, हिथ्रो २१ मार्चको राति २३:५९ बजेसम्म बन्द रहनेछ । यात्रुहरूलाई […]

Mar 21, 2025 - 07:02
 0
बेलायतको सबैभन्दा ठूलो विमानस्थल २४ घण्टा बन्द

काठमाडौं । विमानस्थल नजिकैको विद्युतीय सबस्टेशनमा भीषण आगलागी भएपछि लन्डनको हिथ्रो विमानस्थल शुक्रबार दिनभरि बन्द रहने भएको छ ।

विमानस्थलले जारी गरेको विज्ञप्तिमा आगलागीका कारण विमानस्थलमा “ठूलो मात्रामा विद्युत् आपूर्ति अवरुद्ध” भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “हाम्रा यात्रु र सहकर्मीहरूको सुरक्षा कायम राख्न, हिथ्रो २१ मार्चको राति २३:५९ बजेसम्म बन्द रहनेछ । यात्रुहरूलाई विमानस्थल नजान र थप जानकारीको लागि आफ्नो एअरलाइन्सलाई सम्पर्क गर्न सल्लाह दिइन्छ । असुविधाको लागि हामी क्षमा चाहन्छौं ।”

हिथ्रो बेलायतको सबैभन्दा ठूलो विमानस्थल हो, जहाँहरेक दिन लगभग १,३०० विमान अवतरण र उडान भर्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register