हेटाैँडाबाट लागुऔषधसहित दुई युवक पक्राउ

हेटाैँडा । प्रहरीले ५ किलो ९४० ग्राम लागुऔषध अफिमसहित १ जना पक्राउ गरेकाे छ । आइतबार इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरीले हेटाैँडा-१९ नेवारपानीस्थित पूर्व-पश्चिम लोकमार्ग सडकखण्डमा चेकजाँच गर्ने क्रममा चितवनतर्फबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २८८७ नं. को यात्रुवाहक बसका यात्रु चितवन राप्ती नगरपालिका ११ चितवनका २५ वर्षीय बाबुराम तामाङलाई पक्राउ गरेकाे हाे […]

Apr 20, 2025 - 13:08
 0
हेटाैँडाबाट लागुऔषधसहित दुई युवक पक्राउ

हेटाैँडा । प्रहरीले ५ किलो ९४० ग्राम लागुऔषध अफिमसहित १ जना पक्राउ गरेकाे छ ।

आइतबार इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरीले हेटाैँडा-१९ नेवारपानीस्थित पूर्व-पश्चिम लोकमार्ग सडकखण्डमा चेकजाँच गर्ने क्रममा चितवनतर्फबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २८८७ नं. को यात्रुवाहक बसका यात्रु चितवन राप्ती नगरपालिका ११ चितवनका २५ वर्षीय बाबुराम तामाङलाई पक्राउ गरेकाे हाे ।

सवारी चेकजाँच गर्ने क्रममा शङ्का लागि खानतलासी गर्दा निज तामाङले तिन वटा पोकामा ५ किलो ९४० ग्राम ला.औ. अफिम झोलाभित्र लुकाएर ल्याएकाे अवस्थामा फेला पारेकाे मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

तामाङमाथि थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।

यसैगरि प्रहरीले लागुऔषधसहित अर्का एक युवकलाई पनि पक्राउ गरेको छ ।

हेटौँडा-१५ पिपलबोटस्थित पूर्व-पश्चिम लोकमार्गमा ना ६३ प ४८७ नं. को मोटरसाइकलमा सवार हेटाैँडा ४ हुप्राचौरका १९ वर्षीय विशाल सार्कीलाई ३ ग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेकाे प्रवक्ता अर्यालले जानकारी दिए ।

बिशालले मोटरसाइकलकाे अगाडीको चक्कामा कभर राखी उक्त कभर भित्र प्लाष्टिकमा लुकाएर ल्याएकाे अवस्थामा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register