राजस्थानमाथि शानदार जित हासिल गर्दै बैङ्गलोर तेस्रो स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्गलोरले राजस्थान रोयल्समाथि सहज जित हासिल गरेको छ । जयपुरमा आइतबार भएको खेलमा बैङ्गलोरले घरेलु टोली राजस्थानमाथि ९ विकेटको शानदार जित हासिल गरेको हो । राजस्थानले दिएको १७४ रनको लक्ष्य बैङ्गलोरले १५ बल बाँकी छँदै मात्र १ विकेटको क्षतिमा १७५ रन बनाउँदै पूरा गर्यो । बैङ्गलोरको […]

Apr 14, 2025 - 03:06
 0
राजस्थानमाथि शानदार जित हासिल गर्दै बैङ्गलोर तेस्रो स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्गलोरले राजस्थान रोयल्समाथि सहज जित हासिल गरेको छ ।

जयपुरमा आइतबार भएको खेलमा बैङ्गलोरले घरेलु टोली राजस्थानमाथि ९ विकेटको शानदार जित हासिल गरेको हो ।

राजस्थानले दिएको १७४ रनको लक्ष्य बैङ्गलोरले १५ बल बाँकी छँदै मात्र १ विकेटको क्षतिमा १७५ रन बनाउँदै पूरा गर्यो ।

बैङ्गलोरको जितमा २ खेलाडीले अर्धशतक बनाए । फिल साल्टले सर्वाधिक ६५ जोडे । उनी खेलको उत्कृष्ट खेलाडी पनि घोषित भए । यस्तै पूर्वकप्तान विराट कोहलीले अविजित ६२ तथा देवदत्त पडिकलले अविजित नै रहेर ४० रन बनाए ।

राजस्थानका कुमार कात्तिकेयले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७३ रन बनाएको थियो ।

उसका लागि यशस्वी जैसवालले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७५ रन बनाए ।

बैङ्लोरका क्रुनाल पाण्ड्यासहित ४ खेलाडीले समान १ विकेट लिए ।

यस जितसँगै बैङ्गलोर ६ खेलमा ८ अङ्क बनाएर तेस्रो स्थानमा उक्लिएको छ । बैङ्लोरले ४ जित र २ हार ब्यहोरेको छ ।

राजस्थान भने ४ अङ्कसहित लिगको आठौं स्थानमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register