भविष्य पछाडि फर्केर होइन अगाडि बढेर मात्र उज्यालो बन्न सक्छः माओवादी अध्यक्ष प्रचण्ड

झापा, १ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछाडि फर्केर नभई अगाडि बढेर भविष्य उज्यालो हुने बताएका छन् । आइतबार साँझ एक भिडियो सन्देश जारी गर्दै उनले सो कुरा बताएका हुन् । ‘हामी गौरवशाली इतिहास बोकेका सार्वभौम नेपाली हौँ । हामीले न्याय स्वतन्त्रता र समानताका लागि त्याग,तपस्या र बलिदानका [...] The post भविष्य पछाडि फर्केर होइन अगाडि बढेर मात्र उज्यालो बन्न सक्छः माओवादी अध्यक्ष प्रचण्ड appeared first on Jhapa Online.

Apr 14, 2025 - 03:00
 0
भविष्य पछाडि फर्केर होइन अगाडि बढेर मात्र उज्यालो बन्न सक्छः माओवादी अध्यक्ष प्रचण्ड

झापा, १ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछाडि फर्केर नभई अगाडि बढेर भविष्य उज्यालो हुने बताएका छन् ।

आइतबार साँझ एक भिडियो सन्देश जारी गर्दै उनले सो कुरा बताएका हुन् । ‘हामी गौरवशाली इतिहास बोकेका सार्वभौम नेपाली हौँ । हामीले न्याय स्वतन्त्रता र समानताका लागि त्याग,तपस्या र बलिदानका कयौँ किर्तिमान कायम गरेका छौँ । हाम्रो भविष्य पछाडि फर्केर होइन अगाडि बढेर मात्र उज्यालो बन्न सक्छ,’ प्रचण्डले नयाँ वर्ष २०८२ सालको शुभकामना सन्देश जारी गर्दै भिडियो सन्देशमा भनेका छन् ।

उनले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ लोकतान्त्रिक गणतन्त्र भएको समेत बताए । देशको समृद्धि र उज्वल भविष्यका लागि दृढतापूर्वक पाइलाहरु अघि बढाउँदै आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत रोजगारी सिर्जना गर्नुपर्ने बताए । सरकारले दलाल र विचौलियाको पक्षमा स्वेच्छाचारी निर्णय लिरहँदा जनआक्रोश बढिरहेको बताउँदै यसको फाइदा प्रतिगामी शक्तिहरुले लिन खोजिरहेको समेत उनले उल्लेख गरे ।

सुशासनका नयाँ मानकहरु स्थापित गर्दै देशलाई उन्नत र समृद्ध राष्ट्र निर्माण गर्न एकतावद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

The post भविष्य पछाडि फर्केर होइन अगाडि बढेर मात्र उज्यालो बन्न सक्छः माओवादी अध्यक्ष प्रचण्ड appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register