पूर्वराजालाई चुनाव लड्न चेतावनी दिएका दललाई राप्रपाले फर्कायो जवाफ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न चेतावनी दिएका राजनीतिक दललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले जवाफ दिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजा राजनीतिक दल र भोटको राजनीतिभन्दा माथिको संस्था भएकाले चुनाव नलड्ने बताएका छन् । “चुनाव लड्नको लागि हामीजस्ता मानिसहरू छौँ । हामीले खोजेको राजा, हामीले स्थापित गर्न खोजेको राजा तपाईंहरूसँग चुनाव लड्ने होइन […]

Mar 8, 2025 - 10:15
 0
पूर्वराजालाई चुनाव लड्न चेतावनी दिएका दललाई राप्रपाले फर्कायो जवाफ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न चेतावनी दिएका राजनीतिक दललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले जवाफ दिएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजा राजनीतिक दल र भोटको राजनीतिभन्दा माथिको संस्था भएकाले चुनाव नलड्ने बताएका छन् ।

“चुनाव लड्नको लागि हामीजस्ता मानिसहरू छौँ । हामीले खोजेको राजा, हामीले स्थापित गर्न खोजेको राजा तपाईंहरूसँग चुनाव लड्ने होइन । राजनैतिक दलको राजा होइन, देशको राजा खोजेको हो । राजा राजनीतिक दलभन्दा र भोटको राजनीतिभन्दा माथि रहने संस्था हो,” उनले भनेका छन्।

वर्तमान राजनीतिक दलहरूसँग चुनाव लड्न राप्रपा नै काफी रहेको उनको भनाइ छ । आफूहरूले राजनीतिक दलको नभएर मुलुककै प्रतिनिधित्व गर्ने राजसंस्था स्थापित गर्न खोजेको लिङ्देनको भनाइ छ ।

फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्रले शुभकामना सन्देश मार्फत वर्तमान राजनीतिक दलहरूले व्यवस्था बदलेपनि अवस्था बदल्न नसकेको भन्दै त्यसका लागि आफूलाई साथ दिन अपिल गरेका थिए ।

फागुन ७ मा ज्ञानेन्द्रले दिएको अभिव्यक्तपछि राजवादी दलहरू हौसिएका छन् भने गणतन्त्रवादी दलहरू तरङ्गित बनेका छन् । काङ्ग्रेस, एमाले, माओवादी केन्द्रका नेतृत्वले पूर्व राजालाई चुनाव लड्न चुनौती पेस गरिरहेको अवस्थामा राप्रपाले यस्तो जवाफ फर्काएको हो ।

सम्बन्धित सामग्री – 

दलहरूको ‘ज्ञानेन्द्रिय’लाई बिझाएको ज्ञानेन्द्रको चहलपहल

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register