हिमालयन बैंकलाई हविवको सेयर बेच्ने स्वीकृति दिएको छैनः राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई पाकिस्तानी हविव बैंकको सेयर बिक्रीका लागि अनुमति नदिएको बताएको छ । विभिन्न सञ्चार माध्यममा सेयर बिक्रीका लागि राष्ट्र बैंकले स्वीकृति दिएको सामाचार सार्वजनिक भए पनि सो समाचारमा कुनै सत्यता नभएको राष्ट्र बैंकले स्पष्ट पारेको हो । यसो त हिमालयन बैंकमा हविव बैंकको २० प्रतिशत सेयर थियो । सिभिल […]

Mar 26, 2025 - 04:26
 0
हिमालयन बैंकलाई हविवको सेयर बेच्ने स्वीकृति दिएको छैनः राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई पाकिस्तानी हविव बैंकको सेयर बिक्रीका लागि अनुमति नदिएको बताएको छ । विभिन्न सञ्चार माध्यममा सेयर बिक्रीका लागि राष्ट्र बैंकले स्वीकृति दिएको सामाचार सार्वजनिक भए पनि सो समाचारमा कुनै सत्यता नभएको राष्ट्र बैंकले स्पष्ट पारेको हो ।

यसो त हिमालयन बैंकमा हविव बैंकको २० प्रतिशत सेयर थियो । सिभिल बैंकसँगको मर्जरपछि संस्थागत संरचना परिवर्तन हुँदा हविव बैंकके सेयर २० प्रतिशतबाट घटेर ११ प्रतिशतमा झरेको छ ।

सोही सेयर हिमालयन बैंकले हिमालयन रि-इन्स्योरेन्सलाई साढे तीन अर्ब रुपैयाँमा बेच्न लागेको थियो । तर, राष्ट्र बैंकले सेयर बिक्रीका लागि हिमालयन बैंकलाई स्वीकृति नदिएपछि उक्त कारोबार प्रक्रिया रोकिएको छ ।

यता तत्काललाई राष्ट्र बैंकले सेयर बिक्रीका लागि स्वीकृति नदिए पनि सम्भवतः नयाँ गभर्नरको नियुक्तिपछि सेयर बिक्रीको स्वीकृति पाइने हिमालयन बैंकका एक सञ्चालकले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register