दुर्गा प्रसाईँमाथि ज्यान मार्ने उद्योगमा अघि बढ्यो अनुसन्धान

काठमाडौं । तीनकुनेमा चैत १५ मा ज्यान मार्ने उद्देश्यले प्रहरीको घेराबाट गाडी चलाएको भन्दै दुर्गा प्रसाईँमाथि ज्यान मार्ने उद्योग कसुरमा समेत अनुसन्धान अघि बढेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीमाथि ज्यान मार्ने उद्योग कसुरमा पनि अनुसन्धान अघि बढाएको हो । फिल्डमा खटिएका प्रहरी अधिकारीहरूको निवेदनपछि प्रसाइँमाथि उक्त कसुरमा समेत अनुसन्धान अघि बढेको हो । […]

Apr 15, 2025 - 14:39
 0
दुर्गा प्रसाईँमाथि ज्यान मार्ने उद्योगमा अघि बढ्यो अनुसन्धान

काठमाडौं । तीनकुनेमा चैत १५ मा ज्यान मार्ने उद्देश्यले प्रहरीको घेराबाट गाडी चलाएको भन्दै दुर्गा प्रसाईँमाथि ज्यान मार्ने उद्योग कसुरमा समेत अनुसन्धान अघि बढेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीमाथि ज्यान मार्ने उद्योग कसुरमा पनि अनुसन्धान अघि बढाएको हो । फिल्डमा खटिएका प्रहरी अधिकारीहरूको निवेदनपछि प्रसाइँमाथि उक्त कसुरमा समेत अनुसन्धान अघि बढेको हो ।

अब म्याद थपका लागि पेस गर्दा प्रसाईँमाथि राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराधसँगै ज्यान मार्ने उद्योग कसुर पनि समावेश हुने प्रहरीले जनाएको छ ।

गत चैत १५ गते तीनकुनेमा प्रसाईँले अपशब्द प्रयोग गर्दै प्रहरीको घेरालाई तितरबितर बनाउनेगरी गाडी हुइँक्याएका थिए । प्रहरीले उनलाई रोक्ने प्रयास गरेपछि प्रसाईँले गाडी हुँइक्याएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register