सरकारको प्रवृत्ति समर्थन योग्य छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको प्रवृत्ति समर्थनका लागि लायक नभएको टिप्पणी गरेका छन् । सरकारले कार्यशैली बदल्नुपर्ने उनको भनाइ छ । शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, “नगर्नुपर्ने निर्णयमा हतारो, गर्नुपर्ने निर्णयमा विलम्ब, सरकारको यो प्रवृत्ति समर्थनयोग्य छैन । मुख्य दुई दल सम्मिलित सरकारको गति संतोषजनक भएन ।” उनले सरकारको निरन्तरताका […]

Apr 16, 2025 - 08:01
 0
सरकारको प्रवृत्ति समर्थन योग्य छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको प्रवृत्ति समर्थनका लागि लायक नभएको टिप्पणी गरेका छन् ।

सरकारले कार्यशैली बदल्नुपर्ने उनको भनाइ छ ।

शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, “नगर्नुपर्ने निर्णयमा हतारो, गर्नुपर्ने निर्णयमा विलम्ब, सरकारको यो प्रवृत्ति समर्थनयोग्य छैन । मुख्य दुई दल सम्मिलित सरकारको गति संतोषजनक भएन ।”

उनले सरकारको निरन्तरताका लागि कमजोरी केलाउन, लय मिलाउन र गति बढाउन प्रस्ताव गरेका छन् । सरकार चल्नुपर्ने तर कार्यशैली बल्नुपर्ने बताएका छन् ।

उनले थप लेखे, “कमजोरी केलाउँ, लय मिलाउँ, गति बढाउँ । सरकार अलमल बाहिर, अनुभूतिमा भेटिनुपर्छ । सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ !”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register