यस्तो देखियो हरिवंशको ‘भूठान’

फिल्म ‘भूठान’ घर हराएको कथाको ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा राजनीतिक परिस्थितीले घरबारविहिन हुन बाध्य शरणार्थीको कथा बोल्छ । ३ मिनेट लामो ट्रेलर फिल्मको मुख्य पात्र हरिंबंश आचार्य (विष्णुबहादुर केसी)को आत्मपरक र वस्तुपरक यात्रामा छ । ट्रेलरमा हरिवंशको अलवा र अमेरिकी अभिनेता [...] The post यस्तो देखियो हरिवंशको ‘भूठान’ appeared first on Jhapa Online.

Apr 16, 2025 - 10:32
 0
यस्तो देखियो हरिवंशको ‘भूठान’


फिल्म ‘भूठान’ घर हराएको कथाको ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा राजनीतिक परिस्थितीले घरबारविहिन हुन बाध्य शरणार्थीको कथा बोल्छ । ३ मिनेट लामो ट्रेलर फिल्मको मुख्य पात्र हरिंबंश आचार्य (विष्णुबहादुर केसी)को आत्मपरक र वस्तुपरक यात्रामा छ ।

ट्रेलरमा हरिवंशको अलवा र अमेरिकी अभिनेता ब्रुस डर्न पनि देखएका छन् । फिल्मको निर्देशन विनोद पौडेलले गरेका हुन् । ‘साँघुरो’ लेखन र ‘बुलबुल’ निर्देशन गरेका पौडेलको ‘भुटान’ दोस्रो फिलम हो । फिल्ममा हरिवंशको अलवा अदिती प्याकुरेल, दयाहाङ राई, ऋचा घिमिरे, पूजा चन्द, अनुराधा मजुमदार, विमल सुवेदी लगायतको अभिनय छ ।

म्याड मंकी फिल्म्सको प्रस्तुतिमा ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट एलएलसी, एभरेस्ट इन्टरटेनमेन्ट युएसए र अवेकन प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्म १२ बैशाखबाट सार्वजनिक प्रदर्शनमा आउदैछ ।

The post यस्तो देखियो हरिवंशको ‘भूठान’ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register