युक्रेन र रुसबीच एक–एक हजार युद्धबन्दी रिहा गर्ने सहमति

काठमाडौं । युक्रेनमा जारी युद्ध अन्त्य गर्न युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीचको बैठक टर्कीको इस्तानबुलमा सम्पन्न भएको छ । बैठकपछि युक्रेनी रक्षामन्त्री रुस्तम उमरोभले दुवै देश एक–एक हजार युद्धबन्दी रिहा गर्न सहमत भएको जानकारी दिए । ‘हामीले युद्धविराम र मानिसहरूको आदानप्रदानको विषयमा छलफल गर्यौं । एक हजार मानिसको रिहाइको सहमति हाम्रो बैठकको परिणाम हो,’ उनले भने […]

May 16, 2025 - 16:13
 0
युक्रेन र रुसबीच एक–एक हजार युद्धबन्दी रिहा गर्ने सहमति

काठमाडौं । युक्रेनमा जारी युद्ध अन्त्य गर्न युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीचको बैठक टर्कीको इस्तानबुलमा सम्पन्न भएको छ ।

बैठकपछि युक्रेनी रक्षामन्त्री रुस्तम उमरोभले दुवै देश एक–एक हजार युद्धबन्दी रिहा गर्न सहमत भएको जानकारी दिए ।

‘हामीले युद्धविराम र मानिसहरूको आदानप्रदानको विषयमा छलफल गर्यौं । एक हजार मानिसको रिहाइको सहमति हाम्रो बैठकको परिणाम हो,’ उनले भने ।

शान्ति वार्तामा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका भ्लादिमिर मेन्डिन्स्कीले कैदी आदानप्रदानमा भएको सम्झौताको पुष्टि गरेको बीबीसीको समाचारमा उल्लेख छ ।
‘युक्रेनी पक्षले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता होस् भनेर अनुरोध गरेको छ । हामीले उनीहरूको अनुरोध रेकर्ड गरेका छौं,’ उनले थपे ।

मेन्डिन्स्कीले दुवै पक्षले सम्भावित भविष्यको युद्धविरामका बारेमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने सहमति गरेको बताए ।

दुवै पक्षले युद्धबन्दीहरूको रिहाइको मिति तय गरेका छन्, तर सार्वजनिक गरेका छैनन् ।

एकअर्कासँग हातसम्म नमिलाइ वार्तामा बसे रुस र युक्रेनका प्रतिनिधि

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register