इजरायली हमलामा २५ जनाको मृत्यु

काठमाडौं । इजरायलले बिहिबार विस्थापित प्यालेस्टिनीहरूका शिविर लक्षित गरी गरेको आक्रमणमा परी कम्तीमा २५ जनाको ज्यान गएको गाजाको नागरिक सुरक्षा एजेन्सीले रिपोर्ट गरेको छ । एजेन्सीका प्रवक्ता महमुद बासलले दक्षिणी सहर खान युनूसको अल–मवासी क्षेत्रका शिविरहरुलाई लक्षित गरी गरिएको आक्रमणमा १६ जनाको मृत्यु भएको बताएका छन् । “खान युनूसको अल–मवासी क्षेत्रमा विस्थापित परिवारहरू बस्ने शिविरहरुमा […]

Apr 17, 2025 - 09:25
 0
इजरायली हमलामा २५ जनाको मृत्यु

काठमाडौं । इजरायलले बिहिबार विस्थापित प्यालेस्टिनीहरूका शिविर लक्षित गरी गरेको आक्रमणमा परी कम्तीमा २५ जनाको ज्यान गएको गाजाको नागरिक सुरक्षा एजेन्सीले रिपोर्ट गरेको छ ।

एजेन्सीका प्रवक्ता महमुद बासलले दक्षिणी सहर खान युनूसको अल–मवासी क्षेत्रका शिविरहरुलाई लक्षित गरी गरिएको आक्रमणमा १६ जनाको मृत्यु भएको बताएका छन् ।

“खान युनूसको अल–मवासी क्षेत्रमा विस्थापित परिवारहरू बस्ने शिविरहरुमा इजरायली मिसाइल प्रहार हुदाँ अधिकांश महिला र बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य २३ जना घाइते भएको प्रवक्ता बासलले बताए । उनका अनुसार विस्थापित मानिसहरूको अन्य शिविरहरूमा भएको आक्रमणमा परी आठ जनाको ज्यान गएको र अन्य घाइते भएका छन् ।

उत्तरी शहर बेत लाहियास्थित शिविरमा भएको आक्रमणमा सात जनाको मृत्यु भएको तथा अल–मवासी क्षेत्र नजिकै भएको आक्रमणमा उक्त शिविरमा बस्दै आएका बाबु र बच्चाको मृत्यु भएको बासलले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register