धवलशमशेरको स्वास्थ्य अवस्थाबारे संयुक्त जनआन्दोलनको चिन्ता

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले संयोजक डा. धवलशम्शेर राणा तीनकुने घटनाको झुटा मुद्दामा फसाइएको दाबी गर्दै आपत्ति जनाएको छ । समितिले उनको स्वास्थ्य अवस्था गम्भीर रहेको र भारतमा उपचारमा जान नदिएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । समितिले उनलाई नियमित उपचार गर्न नदिइएको तथा मानवअधिकार […]

Apr 18, 2025 - 07:29
 0
धवलशमशेरको स्वास्थ्य अवस्थाबारे संयुक्त जनआन्दोलनको चिन्ता

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले संयोजक डा. धवलशम्शेर राणा तीनकुने घटनाको झुटा मुद्दामा फसाइएको दाबी गर्दै आपत्ति जनाएको छ ।

समितिले उनको स्वास्थ्य अवस्था गम्भीर रहेको र भारतमा उपचारमा जान नदिएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

समितिले उनलाई नियमित उपचार गर्न नदिइएको तथा मानवअधिकार उल्लङ्घन भएको उल्लेख गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई आवाज उठाउन आह्वान गरेको छ । साथै, उक्त घटनामा झूटा मुद्दा लगाइएकाले दोषी अधिकारीमाथि कारबाही र जनताको स्वतन्त्र आन्दोलनप्रति अवरोध नगर्न चेतावनी दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register