विजय बरालको नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मञ्चन हुँदै

काठमाडौं । अभिनेता विजय बरालको निर्माण र अभिनेत्री पशुपति राईको परिकल्पना तथा निर्देशनमा नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ आगामी फागुन ९ देखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ । किरात लोककथाकी महिला पात्र ‘लेम्लेम्मा’को माध्यमबाट नाटकमा मिथकीय कथामा महिलालाई कसरी प्रस्तुत गरिएको छ भन्ने देखाउन खोजिएको छ । निर्देशक राईकाअनुसार ‘लेम्लेम्मा’ वनमान्छे हुन् भन्ने किराती […]

Feb 12, 2025 - 07:31
 0
विजय बरालको नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मञ्चन हुँदै

काठमाडौं । अभिनेता विजय बरालको निर्माण र अभिनेत्री पशुपति राईको परिकल्पना तथा निर्देशनमा नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ आगामी फागुन ९ देखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ ।

किरात लोककथाकी महिला पात्र ‘लेम्लेम्मा’को माध्यमबाट नाटकमा मिथकीय कथामा महिलालाई कसरी प्रस्तुत गरिएको छ भन्ने देखाउन खोजिएको छ ।

निर्देशक राईकाअनुसार ‘लेम्लेम्मा’ वनमान्छे हुन् भन्ने किराती समुदायमा विश्वास रहँदै आएको छ ।

मिल्सन राईको लेखनमा मण्डला थिएटरकै प्रस्तुतिमा निर्माण हुन लागेको नाटकमा थिन्ले ल्याम्बो, रोशनी स्याङबो, बलबहादुर राई, रमिला मोक्तान, युवाहाङ राईलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

चैत ३ सम्म मञ्चन हुने यस नाटकको सोमबारबाहेक साताको प्रत्येक दिन साँझ ५:३० बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त सो मञ्चन हुने थिएटरले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register