एभरेष्ट बैंकको नाफासँगै ईपीएस पनि बढ्यो

काठमाडौँ । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्म बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.५५ प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिमा बैंकले २ अर्ब […]

Apr 20, 2025 - 06:26
 0
एभरेष्ट बैंकको नाफासँगै ईपीएस पनि बढ्यो

काठमाडौँ । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्म बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.५५ प्रतिशतले बढी हो ।

गत वर्षको सोहि अवधिमा बैंकले २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै खुद नाफा बढेको हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.७२ प्रतिशतले बढेर ६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । यता, सञ्चालन आम्दानी पनि ३६.४१ प्रतिशतले बढेर ५ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, गत वर्ष ६३ करोड ७१ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष घटेर २७ करोड २९ लाख ९८ हजारु रुपैयाँ आएको छ । चुक्ता पुँजी १२ अर्ब ९४ करोड रुपैयाँ रहेको एभरेष्ट बैंकको रिजर्भ कोषमा १३ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको नाफा सँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । बैंकको प्रतिसेयर आम्दानी  ६.०६ रुपैयाँले बढेर ३५ रुपैयाँ ६१ पैसा कायम भएको छ । गत वर्ष बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५५ पैसा रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ४७ पैसा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register