चुरोटको विज्ञापन गर्नेलाई महानगरले तिरायो २५ हजार जरिवाना 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चुरोटको विज्ञापन गर्नेलाई कारवाही गरेको छ । महानगरले पोस्टर टाँसेर चुरोटको विज्ञापन गरेको भन्दै एक वितरकलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।  महानगरले भर्खरै बजारमा आएको ‘क्यामेल चुरोट’को विज्ञापन गरेको भन्दै सेभेन ओसियन नाम वितरकलाई कारवाही गरिएको महानगरले जनाएको छ ।  उक्त वितरक कम्पनी काठमाडौँ महानगरपालिका-१६ मा स्थित छ । […]

Feb 2, 2025 - 02:45
 0
चुरोटको विज्ञापन गर्नेलाई महानगरले तिरायो २५ हजार जरिवाना 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चुरोटको विज्ञापन गर्नेलाई कारवाही गरेको छ । महानगरले पोस्टर टाँसेर चुरोटको विज्ञापन गरेको भन्दै एक वितरकलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको हो । 

महानगरले भर्खरै बजारमा आएको ‘क्यामेल चुरोट’को विज्ञापन गरेको भन्दै सेभेन ओसियन नाम वितरकलाई कारवाही गरिएको महानगरले जनाएको छ । 

उक्त वितरक कम्पनी काठमाडौँ महानगरपालिका-१६ मा स्थित छ । उक्त वितरक कम्पनीले क्यामेल चुरोटको पोस्टर टाँसेर विज्ञापन गरेको पाइएपछि कारवाही गरिएको महानगरको भनाई छ । 

हाल काठमाडौँका विभिन्न ठाउँमा पोस्टर टाँसेरै यो ब्रान्डको चुरोको विज्ञापन गरिएको छ । तर सूर्ति, चुरोट तथा गुट्कारहित महानगर बनाउने महानगरको योजना विपरीत हुने गतिविधि बढ्न थालेपछी महानगरले निगरानी र कारवाही दुवैमा कडाई गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register