अछामी समाज काठमाडौंद्वारा नयाँ वर्ष शुभकामना तथा तेस्राे वार्षिक उत्सव कार्यक्रम सम्पन्न

काठमाडाैं । अछामी समाज, काठमाडाैंले नयाँ वर्ष २०८२ को पावन अवसरमा हिजाे शनिबार त्रिभुवन पार्क, थानकोटमा शुभकामना आदानप्रदान तथा तेस्राे वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेकाे छ । उक्त कार्यक्रममा अछाम जिल्लाबाट काठमाडाैंमा आएर विभिन्न क्षेत्रमार्फत उल्लेखनीय योगदान पुर्‍याउन सफल व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। नेपाल न्याय सेवा, सरकारी वकिल समूहमा सहायक न्यायाधिवक्ताको रूपमा कार्यरत श्री कपिल […]

Apr 20, 2025 - 06:31
 0
अछामी समाज काठमाडौंद्वारा नयाँ वर्ष शुभकामना तथा तेस्राे वार्षिक उत्सव कार्यक्रम सम्पन्न

काठमाडाैं ।

अछामी समाज, काठमाडाैंले नयाँ वर्ष २०८२ को पावन अवसरमा हिजाे शनिबार त्रिभुवन पार्क, थानकोटमा शुभकामना आदानप्रदान तथा तेस्राे वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेकाे छ ।

उक्त कार्यक्रममा अछाम जिल्लाबाट काठमाडाैंमा आएर विभिन्न क्षेत्रमार्फत उल्लेखनीय योगदान पुर्‍याउन सफल व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

नेपाल न्याय सेवा, सरकारी वकिल समूहमा सहायक न्यायाधिवक्ताको रूपमा कार्यरत श्री कपिल रोक्का र राष्ट्रिय वाणिज्य बैंक, स्वयम्भू शाखामा कार्यरत श्री मुकेश लुहार लाई अछामी समुदायमा उत्प्रेरणादायी भूमिका निर्वाह गरेको भन्दै सम्मानपत्र प्रदान गरिएको हो।

कार्यक्रममा अछामी समाज काठमाण्डौका सचिव केशर आउजी, सम्मान छनौट उप-समितिका संयोजक अधिवक्ता बाल्मिकी आउजी र समाजका संयोजक रङ्ग विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो।

समाजले आगामी दिनमा पनि यस्ता प्रेरणादायी व्यक्तित्वहरूलाई पहिचान गर्दै सम्मान गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register