तार चोरी गर्ने ४ जना भारतीय पक्राउ

लीलाराज खड्काबिर्तामोड, ७ वैशाख । टेलिफोनमा प्रयोग हुने केवलका तार चोरी गर्ने चार भारतीय नागरिक पक्राउ परेका छन् । शनिबार दिउँसो मेचीनगर नगरपालिका –७ इँटाभट्टास्थित बस स्टेन्डमा शङ्कास्पद रूपमा ४ जना भारतीयलाई फेला पारी उनीहरूले बोकेको ७ वटा बोरा चेकजाँच गर्दा उक्त बोराभित्र टुक्रा– टुक्रा बनाई प्याकिङ गरेको टेलिफोनमा प्रयोग हुने केवल तार फेला परेको [...] The post तार चोरी गर्ने ४ जना भारतीय पक्राउ appeared first on Jhapa Online.

Apr 20, 2025 - 08:45
 0
तार चोरी गर्ने ४ जना भारतीय पक्राउ

लीलाराज खड्का
बिर्तामोड, ७ वैशाख
। टेलिफोनमा प्रयोग हुने केवलका तार चोरी गर्ने चार भारतीय नागरिक पक्राउ परेका छन् । शनिबार दिउँसो मेचीनगर नगरपालिका –७ इँटाभट्टास्थित बस स्टेन्डमा शङ्कास्पद रूपमा ४ जना भारतीयलाई फेला पारी उनीहरूले बोकेको ७ वटा बोरा चेकजाँच गर्दा उक्त बोराभित्र टुक्रा– टुक्रा बनाई प्याकिङ गरेको टेलिफोनमा प्रयोग हुने केवल तार फेला परेको थियो ।

ती तार मोरङ बेलबारी बजार आसपासमा निर्माणाधीन अवस्थामा रहेको सडक तथा पुल भएको स्थानमा जमिनमुनि गाडेको ठाउँबाट उनीहरूले चोरी गरेको खुलेको छ । भारतको पानी ट्याङ्कीमा रहेको कवाडीको दोकानमा बिक्री गर्न उनीहरूले लैजान लागेका थिए ।

पक्राउ पर्नेहरूमा पश्चिम बङ्गाल, दार्जिलिङ जिल्ला पानी ट्याङ्की बस्ने २४ वर्षीय महमद राजेश , ३२ वर्षीय राहुल अधिकारी, नेपाल भारत सीमास्थित बतासी बस्ने २२ वर्षीय दिनबन्धु सरकार ,सोही ठाउँ बस्ने २४ वर्षीय शुबङ्कर दास रहेका छन् । उनीहरूलाई दसीका सामानसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

पछिल्लो समय झापा तथा मोरङका विभिन्न स्थानमा रातीको समयमा टेलिफोनको तार चोरी गर्ने घटना बढ्दै गएसँगै प्रहरीले यसबारेमा खोजबिन र गस्ती बढाएको थियो ।

The post तार चोरी गर्ने ४ जना भारतीय पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register