अर्जुनधारा–४ को किसान संघमा कटुवाल

अर्जुनधारा, ३ फागुन । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ४ स्थित किसान संघको अधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेस आवद्ध किसान संघको शनिबार अर्जुनधाराको भाङबारीमा सम्पन्न अधिवेशनले लीलाबहादुर कटुवालको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले वडा कार्य समिति, नगर प्रतिनिधि र प्रदेश प्रतिनिधि समेत चयन गरेको छ। समितिको उपसभापति सोमनाथ गिरी, सचिवमा [...] The post अर्जुनधारा–४ को किसान संघमा कटुवाल appeared first on Jhapa Online.

Feb 15, 2025 - 13:34
 0
अर्जुनधारा–४ को किसान संघमा कटुवाल

अर्जुनधारा, ३ फागुन । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ४ स्थित किसान संघको अधिवेशन सम्पन्न भएको छ ।

नेपाली कांग्रेस आवद्ध किसान संघको शनिबार अर्जुनधाराको भाङबारीमा सम्पन्न अधिवेशनले लीलाबहादुर कटुवालको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले वडा कार्य समिति, नगर प्रतिनिधि र प्रदेश प्रतिनिधि समेत चयन गरेको छ।

समितिको उपसभापति सोमनाथ गिरी, सचिवमा धनबहादुर कार्की, कोषाध्यक्ष प्रेमकुमारी रिजाल र सहसचिव कमला रिमाललाई चयन गरेको छ । समितिको सदस्यहरुमा कमल भट्टराई, तारा घिमिरे चयन भएका छन् । यसैगरी, नगर प्रतिनिधिमा उमानाथ हुमागाईं, भीमलाल गिरी, रुद्र रिमाल, लक्ष्मी गिरी र उमानाथ भट्टराई चयन भएका छन्। क्षेत्रीय प्रतिनिधिमा मदन थापा, रमन बस्नेत, टीकाप्रसाद शिवाकोटी, जीवनकला राउत, दुर्गा भट्टराई र इन्द्रबहादुर आङ्देम्बेलाई चयन गरेको वडा सचिव उद्धव कुँवरले जानकारी दिए ।

नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंको प्रमुख आतिथ्य र वडाका लागि जिल्ला प्रतिनिधि शेखर सुवेदीको विशेष आतिथ्यमा सम्पन्न अधिवेशनमा अध्यक्षता वडा सभापति खेम काफ्लेको रहेको थियो । प्रमुख अतिथी हुमागाईंले कांग्रेसलाई बलियो बनाउन टोल र वडाबाटै हरेक भातृ र शुभेच्छुक संस्थाहरुको जग मजबुत हुन आवश्यक भएको बताउँदै नेतृत्व सक्रिय र संस्थाप्रति उत्तरदायी हुनुपर्ने धारणा राख्दै नव गठित समितिले स्थानीय कृषक र कृषिका समस्या अनि आवश्यकताको पहिचान गरी समाधानको सक्रिय पहल गर्नुपर्ने बताए । वडा सचिव उद्धप कुँवरले सहजीकरण गरेको कार्यक्रममा स्थानीय कृषकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

The post अर्जुनधारा–४ को किसान संघमा कटुवाल appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register