नौ महिनामा वाणिज्य बैङ्कको नाफा ४१ अर्बभन्दा बढी, सर्वाधिक कमाउनेमा नबिल 

काठमाडौं । वाणिज्य बैङ्कहरूले नौ महिनामा ४१ अर्बभन्दा बढी खुद नाफा कमाएका छन् । बैङ्कहरूले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यस्तो देखिएको हो । गत चैत मसान्तसम्म आइपुग्दा बैङ्कहरूको नाफा ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा […]

Apr 20, 2025 - 08:47
 0
नौ महिनामा वाणिज्य बैङ्कको नाफा ४१ अर्बभन्दा बढी, सर्वाधिक कमाउनेमा नबिल 

काठमाडौं । वाणिज्य बैङ्कहरूले नौ महिनामा ४१ अर्बभन्दा बढी खुद नाफा कमाएका छन् । बैङ्कहरूले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यस्तो देखिएको हो ।

गत चैत मसान्तसम्म आइपुग्दा बैङ्कहरूको नाफा ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा भने १.४ प्रतिशत मात्रै धेरै हो । जबकि, गत आवको सो अवधिमा बैङ्कहरूले ४० अर्ब ६८ करोड ३० लाख बढी खुद नाफा कमाएका थिए ।

समीक्षा अवधिमा ११ वटा बैङ्कको नाफा मात्रै वृद्धि भएको छ भने ९ वटाको नाफामा गिरावट देखिन्छ । सर्वाधिक नाफा कमाउनेको पहिलो सूचीमा नबिल बैङ्क नै छ । बैङ्कले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ ।

गत आवको तेस्रो त्रैमासमा भने बैङ्कले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । सर्वाधिक नाफा कमाउने दोस्रो बैङ्कको सूचीमा एनआइएमबि रहेको छ । बैङ्कले ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

नाफामा धेरैजसो दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई भने तेस्रो सूचीमा पुगेको छ । समीक्षा अवधिमा ग्लोबलले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यता, चौथो सूचीमा रहेको एभरेस्टले ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा भने ३२.५५ प्रतिशत धेरै हो । नाफा वृद्धिदरमा पनि नेपाल बैङ्क, एनआइएमबि, ग्लोबल, एभरेस्ट, माछापुच्छ्रे शीर्ष सूचीमा छन् ।

समीक्षा अवधिमा माछापुच्छ्रेले नाफा २८.८९ प्रतिशत, सानिमाले १४.८ प्रतिशत, एनएमबिले ५.८७ प्रतिशत, प्रभुले ३.५१ प्रतिशत, नेपाल एसबिआईले ३.३६ प्रतिशत, लक्ष्मी सनराइजले २.२४ प्रतिशत बढाएका छन् ।

नाफा घटेका नौ बैङ्क

समीक्षा अवधिमा एनआइसी एशियासहित ९ वटा बैङ्कको नाफामा भने गिरावट आएको छ । बैङ्कको नाफा ९१.८१ प्रतिशत घटेर १५ करोड ६७ लाख रुपैयाँमा समिति भएको छ । जबकि, गत वर्षको सो अवधिमा भने १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, हिमालयन बैङ्कको नाफामा पनि ७४.३३ प्रतिशत, कुमारीको ७२.८१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैङ्कको ४९.२८ प्रतिशत घटेको छ। समीक्षा अवधिमा यी बैङ्कहरूले क्रमशः ५० करोड, २८ करोड ५८ लाख, १ अर्ब २० करोड ४३ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यता, प्राइम बैङ्कको नाफामा पनि २२.५६ प्रतिशत, सिटिजनको २०.५९ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डको ११.१७ प्रतिशत, कृषि विकासको १०.१७ प्रतिशत र सिद्धार्थको ०.९४ प्रतिशत गिरावट आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register