संसदीय दलको कार्यालयबाहिर प्रहरी अस्वाभाविक रूपले उपस्थित भयो – राजेन्द्र लिङ्देन

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयबाहिर प्रहरी अस्वाभाविक रुपले उपस्थित भएको बताएका छन् । संसदीय दलको कार्यालयबाट बाहिरिँदै उनले यस्तो बताएका हुन् । उनले भने, “सिंहदरबारमा प्रहरीको उपस्थिति हुनु अनौठो त होइन । अन्यथा लिनुहुन्न । तर, प्रहरी अस्वाभाविक रुपले उपस्थित भयो । अहिले कुनै टिप्पणी गर्न चाहन्नँ ।” यसअघि […]

Apr 20, 2025 - 09:20
 0
संसदीय दलको कार्यालयबाहिर प्रहरी अस्वाभाविक रूपले उपस्थित भयो – राजेन्द्र लिङ्देन

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयबाहिर प्रहरी अस्वाभाविक रुपले उपस्थित भएको बताएका छन् ।

संसदीय दलको कार्यालयबाट बाहिरिँदै उनले यस्तो बताएका हुन् ।

उनले भने, “सिंहदरबारमा प्रहरीको उपस्थिति हुनु अनौठो त होइन । अन्यथा लिनुहुन्न । तर, प्रहरी अस्वाभाविक रुपले उपस्थित भयो । अहिले कुनै टिप्पणी गर्न चाहन्नँ ।”

यसअघि राप्रपा प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले आफूहरुलाई संसदीय दलको कार्यालयमै प्रहरीले बन्धक बनाएको आरोप लगाएका थिए ।

फेसबुकमा लाइभ गर्दै शाहीले सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा प्रहरीले बन्धक बनाएको बताएका हुन् । तर, पछि उनले लाइभ डिलिट गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register