नवौं भक्तपुर महोत्सव: भोलि सोमबार जी बब र मिस्टर डी आउँदै 

भक्तपुर । नयाँ वर्षको सुरुवातसँगै भक्तपुरको सल्लाघारीमा नवौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८१/८२’ जारी छ । भोली ८ गते महोत्सवको विशेष सांगीतिक कार्यक्रम अन्तर्गत चर्चीत गायक जी बब र मिस्टर डीलगायतका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । भक्तपुरलाई ‘उद्योग, संस्कृति र कृषि’ को संगमका रूपमा चिनाउने उदेश्यका साथ औद्योगिक शान्ति […]

Apr 20, 2025 - 10:34
 0
नवौं भक्तपुर महोत्सव: भोलि सोमबार जी बब र मिस्टर डी आउँदै 

भक्तपुर ।

नयाँ वर्षको सुरुवातसँगै भक्तपुरको सल्लाघारीमा नवौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८१/८२’ जारी छ ।

भोली ८ गते महोत्सवको विशेष सांगीतिक कार्यक्रम अन्तर्गत चर्चीत गायक जी बब र मिस्टर डीलगायतका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

भक्तपुरलाई ‘उद्योग, संस्कृति र कृषि’ को संगमका रूपमा चिनाउने उदेश्यका साथ औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले यो महोत्सवको आयोजना गरेको हो ।

महोत्सवमा राखिएका सामग्रीहरूमा २० देखि ५० प्रतिशतसम्मको छुट दिइएको छ । टिकट शुल्क रु. ८० र ५० रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register