रौतहटको  माधवनारायण नगरपालिका -४का वडाध्यक्ष मुखियाको  निधन

 रौतहट ।  रौतहटमा अर्को वर्तमान वडा अध्यक्षको निधन भएको छ । जिल्लाको पूर्वी क्षेत्र माधवनारायण नगरपालिका -४ विशुनपूर्वा मानपुरका वडा अध्यक्ष रामदेवी मुखिया विनको शनिवार बिहान असामयिक निधन भएको छ । लामो समयदेखि गम्भीर प्रकृतिका रोगसँग लड्दै आएका वडा अध्यक्ष मुखियाको बिहान ७ बजे आफ्नै घरमा मृत्यु भएको उनका छोरा राम कलेबर मुखियाले बताएका छन् […]

Mar 1, 2025 - 06:51
 0
रौतहटको  माधवनारायण नगरपालिका -४का वडाध्यक्ष मुखियाको  निधन

 रौतहट ।

 रौतहटमा अर्को वर्तमान वडा अध्यक्षको निधन भएको छ । जिल्लाको पूर्वी क्षेत्र माधवनारायण नगरपालिका -४ विशुनपूर्वा मानपुरका वडा अध्यक्ष रामदेवी मुखिया विनको शनिवार बिहान असामयिक निधन भएको छ ।

लामो समयदेखि गम्भीर प्रकृतिका रोगसँग लड्दै आएका वडा अध्यक्ष मुखियाको बिहान ७ बजे आफ्नै घरमा मृत्यु भएको उनका छोरा राम कलेबर मुखियाले बताएका छन् । नेकपा माओवादी केन्द्रको टिकटबाट उनी २०७९ को स्थानीय तहको निर्वाचनमा

लगातार दोस्रो कार्यकालको लागि वडा अध्यक्षमा निर्वाचित भएका थिए । यस अघि २०७९ को निर्वाचनमा निर्वाचित रौतहटको गढीमाई, राजापुर, र ईशनाथ नगरपालिकाका एक एकजना गरी ३ जना वडा अध्यक्षहरुको निधन भएको छ ।

लामो समय रिक्त रहेको उक्त तीनवटै वडाहरूमा केही समय अघि उपचुनाव सम्पन्न भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register