अनुमतिबिना सडक खन्नेलाई महानगरले तिरायो ५० हजार जरिवाना  

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनुमतिबिना सडक खनेको भन्दै एक व्यक्तिलाई कारवाही गरेको छ । महानगरले वडा नम्बर २९ का टेकबहादुर कठायतलाई कारवाही गरेको हो ।  वडा कार्यालयको अनुमतिबिना  सडक खनेको पाइएपछि कठायतलाई कारवाही गरिएको महानगरले जनाएको छ  । महानगरले कारवाहीस्वरुप कठायतलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । उनले ब्यारिकेट नराखी सडक खनेको पाइएको महानगरको […]

Feb 3, 2025 - 02:42
 0
अनुमतिबिना सडक खन्नेलाई महानगरले तिरायो ५० हजार जरिवाना  

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनुमतिबिना सडक खनेको भन्दै एक व्यक्तिलाई कारवाही गरेको छ । महानगरले वडा नम्बर २९ का टेकबहादुर कठायतलाई कारवाही गरेको हो । 

वडा कार्यालयको अनुमतिबिना  सडक खनेको पाइएपछि कठायतलाई कारवाही गरिएको महानगरले जनाएको छ  ।

महानगरले कारवाहीस्वरुप कठायतलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । उनले ब्यारिकेट नराखी सडक खनेको पाइएको महानगरको भनाई छ । अनुमतिबिना असुरक्षित ढंगले सडक खनेको पाइएपछि  महानगरले कारवाही गरेको हो ।

त्यस्तै, महानगरले क्षेत्राधिकारभित्र सडक खन्दा अनिवार्य रुपमा स्थानीय तहबाट अनुमति लिनुपर्ने र ब्यारिकेट राखेर सुरक्षित रुपमा मात्रै निर्माण कार्य गर्नुपर्ने व्यवस्था गरेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register