फ्रान्सिसको निधनपश्चात इटालीमा सबै फुटबल खेल स्थगित

काठमाडौं । धर्मगुरु पोप फ्रान्सिसको निधन भएपछि इटालीमा सबै फुटबल खेलहरू स्थगित गरिएको छ । फ्रान्सिसप्रति श्रद्धाञ्जलिस्वरूप पुरुषतर्फ सिनियर र यू–२० शीर्ष डिभिजनका सबै खेलहरू स्थगित गरिएको हो । ‘पवित्र धर्मगुरुको निधनको सन्दर्भमा, लेगा नासियोनाले प्रोफेस्सोनिस्ती सिरिए ए ले आज तय गरिएका सिरिए ए एनिलाइभ र प्रिमावेरा १ च्याम्पियनसिपका सबै खेलहरू अर्को मितिमा सार्ने निर्णय […]

Apr 21, 2025 - 11:28
 0
फ्रान्सिसको निधनपश्चात इटालीमा सबै फुटबल खेल स्थगित

काठमाडौं । धर्मगुरु पोप फ्रान्सिसको निधन भएपछि इटालीमा सबै फुटबल खेलहरू स्थगित गरिएको छ ।

फ्रान्सिसप्रति श्रद्धाञ्जलिस्वरूप पुरुषतर्फ सिनियर र यू–२० शीर्ष डिभिजनका सबै खेलहरू स्थगित गरिएको हो ।

‘पवित्र धर्मगुरुको निधनको सन्दर्भमा, लेगा नासियोनाले प्रोफेस्सोनिस्ती सिरिए ए ले आज तय गरिएका सिरिए ए एनिलाइभ र प्रिमावेरा १ च्याम्पियनसिपका सबै खेलहरू अर्को मितिमा सार्ने निर्णय गरेको छ,’  पोपको निधन लगत्तै जारी गरिएको एक विज्ञप्तिमा सिरि ‘ए’ले लेखेको छ ।

इस्टर सोमबारको दिन चारवटा सिरि ‘ए’ खेलहरू तय भएका थिए । स्थगित खेलहरुको समय भने पछि तोकिने जनाइएको छ ।

भ्याटिकनले पुष्टि गरेअनुसार पहिलो ल्याटिन अमेरिकी पोप बनेका फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको हो ।

जर्ज मारियो कसरी बने पोप फ्रान्सिस ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register