कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बोर्डको बैठक बस्दै, परीक्षा होला कि रोकिएला ? 

काठमाडौँ । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ । मंगलबार बोर्डको बैठक बस्ने भएको हो । पछिल्लो २१ दिनदेखि चलिरहेको शिक्षक आन्दोलनलाई देखाउँदै बोर्डले परीक्षाबारे निर्णय गर्न बैठक बोलाएको बताइएको छ । बैंकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्नेछ ।  शिक्षा ऐन जारी गर्नुपर्ने, […]

Apr 22, 2025 - 03:56
 0
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बोर्डको बैठक बस्दै, परीक्षा होला कि रोकिएला ? 

काठमाडौँ । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ । मंगलबार बोर्डको बैठक बस्ने भएको हो ।

पछिल्लो २१ दिनदेखि चलिरहेको शिक्षक आन्दोलनलाई देखाउँदै बोर्डले परीक्षाबारे निर्णय गर्न बैठक बोलाएको बताइएको छ । बैंकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्नेछ । 

शिक्षा ऐन जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार गर्नुपर्ने लगायतका मागसहित आन्दोलनरत शिक्षकहरुले माग पूरा नहुन्जेल आन्दोलनबाट पछि नहट्ने अडान लिएका छन् । शिक्षकहरुले माग पूरा नभए कक्षा १२ को परीक्षामा सहभागी नहुने पनि घोषणा गरेका छन् । 

शिक्षक आन्दोलनका कारण परीक्षा बोर्ड कक्षा १२ को परीक्षा के गर्ने ? भन्ने दोधारमा छ । यता सरकार र शिक्षक महासंघबीच पटकपटक संवाद भए पनि सहमति जुट्न सकेको छैन । शिक्षक आन्दोलन नटुंगिए परीक्षा सञ्चालनमा कठिनाइ हुनेछ । त्यही कारण कक्षा १२ को परीक्षाबारे निर्णय गर्ने बोर्डको बैठक बस्न लागेको छ । सो बैठकले परीक्षाबारे निर्णय गर्नेछ ।

यद्यपि शिक्षक आन्दोलन नसकिँदासम्म परीक्षा सञ्चालन गर्न नसकिने मनसाय बोर्डका पदाधिकारीको रहेको बुझिएको छ । आन्दोलन नरोकिए परीक्षा रोकिने सम्भावना प्रबल भएको बोर्डका एक उच्च अधिकारीले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register