डोनाल्ड ट्रम्पले गरे टेस्लाको नयाँ कार किन्ने घोषणा 

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्लाको नयाँ कार किन्ने घोषणा गरेका छन् ।  टेस्लाको ब्रान्ड न्यु कार किन्ने घोषणा गर्दै ट्रम्पले टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा अमेरिकाको सरकारी दक्षता विभागका निर्देशक एलन मस्कलाई आफ्नो समर्थन जनाएका छन् ।  त्यस्तै, ट्रम्पले मस्कलाई सच्चा महान अमेरिकीसमेत भनेका छन् । चर्को राजनीतिक आलोचना र आर्थिक अवरोधहरुको […]

Mar 11, 2025 - 07:27
 0
डोनाल्ड ट्रम्पले गरे टेस्लाको नयाँ कार किन्ने घोषणा 

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्लाको नयाँ कार किन्ने घोषणा गरेका छन् । 

टेस्लाको ब्रान्ड न्यु कार किन्ने घोषणा गर्दै ट्रम्पले टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा अमेरिकाको सरकारी दक्षता विभागका निर्देशक एलन मस्कलाई आफ्नो समर्थन जनाएका छन् । 

त्यस्तै, ट्रम्पले मस्कलाई सच्चा महान अमेरिकीसमेत भनेका छन् । चर्को राजनीतिक आलोचना र आर्थिक अवरोधहरुको सामना गरिरहेका मस्कलाई ट्रम्पले यस्तो घोषणा गर्दै समर्थन जनाएका छन् । 

पछिल्लो केही महिनायता टेस्लाको सेयर भाउमा निरन्तर गिरावट आएको छ । टेस्लाका कार बिक्रीमा पनि कमी देखिएको छ । यही कारण ट्रम्पले मस्कप्रति आफ्नो विश्वास र समर्थन जनाउन टेस्लाको नयाँ कार किन्ने घोषणा गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register